नेपालमा पनि मौसमी फ्लुविरुद्ध खोप लगाउनुपर्छ « Khabarhub

नेपालमा पनि मौसमी फ्लुविरुद्ध खोप लगाउनुपर्छ

'दीर्घ रोगीमा यसले धेरै असर गर्दछ'



मौसम परिवर्तनसँगै शरीरलाई नयाँ मौसममा मिलाउन धेरै गार्हाे हुने गर्छ । त्यसैले शरीरमा धेरै प्रकारका रोग लाग्ने चिकित्सकको भनाइ छ । वातावरणमा भएको परिवर्तनसँगै शरीरमा धेरै रोगहरू लाग्ने गरेको छन् । त्यसैले यो जाडो मौसममा शरीरमा के कस्ता समस्या देखा पर्छन् ? कसरी बच्ने लगायतका विषयमा आधारित भएर फिजिसियन डा. प्रशान्त त्रिपाठीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

यो मौसममा कस्तो कस्तो समस्या देखा पर्दछ ?
यो मौसममा रुघा खोकी ज्वरोका बिरामी बढेका छन् । कोही बिरामी ओपीडीमामा पनि भर्ना भएर बस्नु भएको छ । इन्फ्लुन्जा ’ए’ प्रजातिको बढी इन्फेक्सन भएको बिरामी पाएको छु । तराई भेग तिर शीतलहर चलेर मानिसको मृत्यु हुने पनि देखिएको छ । पोहोर जस्तो जाडो सुरु भएपछि प्रदूषण बढेर धुलो धुवा धेरै भएर रुघाखोकी लाग्ने समस्याहरू पनि देखिन्छ । कोठामा हिटर बालेर सुत्दा कार्बनमोनोअक्साइड बढी भएर मान्छेको मृत्यु हुने पनि देखिएको छ ।

यो मौसममा रुघा खोकी र घाँटी दुख्ने समस्या बढ्नुको कारण के हो ?
यो फ्लुको समयमा भन्छौँ यो समयमा इन्फ्लुन्जा भाइरस जुर्मुराउदै जान्छ । त्यो भाइरस श्वासप्रश्वास बाट सर्ने हुँदा धेरैमा र छिटो सर्छ । यो सङ्क्रमण परिवारको एक जनामा भयो भने अरूमा पनि सजिलै सर्छ ।

सामान्य रुघा खोकी र इन्फ्लुन्जा भएको कसरी थाहा पाउने ?
इन्फ्लुन्जा ’ए’ भनेको एउटा भाइरसको प्रजाति हो । सामान्य भाषामा भन्दा रुघाखोकी भनिन्छ यो सबैमा लाग्ने भाइरस एउटै भए पनि रोग प्रतिरोधात्मक क्षमता बढी भएको मान्छेमा केही समयमा लाग्ने र पछि आफै निको भएर जाने हुन्छ । तर बालबालिका, वृद्ध र रोग प्रतिरोधात्मक क्षमता कम भएको मान्छेहरूमा वा दीर्घ रोगीहरूमा यसले धेरै असर गर्दछ गार्हाे नै बनाउँछ । कारक तत्व सबैको एउटै हो । तर रोग कुन हद सम्म जाने भन्नेमा भर पर्दछ ।

बालबालिका वा वृद्धमा यो समस्या हुनु नदिन के गर्ने ?
कोरोनाले हामीलाई धेरै सन्देश दिएर गएको छ । हात धुने सफा रहने मास्क प्रयोग गरेर हिँड्ने,भौतिक दुरी कायम गर्ने, भिडभाडमा न जाने ।कोही दीर्घ रोगी छन् भने फ्लु सट जुन वर्षमा एक पटक लगाउने । खानपानमा धेरै चिसो खाना नखाने, तातो घाममा बस्ने मौसमी फलफूलहरू खाने जस्तो सुन्तलाहरू खाने त्यसले रोगसँग लड्ने रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । न्यानो न्यानो बस्ने, स्वस्थ खाना खाने गर्दा पनि यो सङ्क्रमण रोक्न सकिन्छ ।

रुघाखोकी लाग्दा सुन्तला खान हुँदैन भनिन्छ नि ?
आफूलाई डर लाग्छ भने फ्रिजबाट निकाल्ने बित्तिकै नखाने केही समय बाहिर राखेर तताएर खाँदा हुन्छ । फलफूलहरू खाँदा हुन्छ ।

सामान्य अवस्थामा पनि फार्मेसिमा गएर औषधि ल्याएर खानु कत्तिको उपयुक्त हो ?
रुघाखोकी ज्वरो भनेको भाइरल रोग हो र यस्तो भाइरल रोगको छुट्टै औषधि हुँदैन । साइनेक्स, प्यारा सिटामोल लगायतका औषधि किनेर खाँदा त्यति असर गर्दैन । बाहिरी देशमा यी औषधि किनबेचमा धेरै ध्यान दिएको पाइन्छ र खासै असर गर्दैन तर हाम्रो देशमा कुर्नै समस्या लिएर गर्याे भने यान्टिबायोटिक दिनु हुन्छ । त्यसले पछि गएर धेरै असर गर्दछ । त्यसैले नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु डाक्टरको सल्लाह बिना औषधि बेचबिखनमा रोक लगाउनु पर्छ । राम्रोसँग हेरेर जाँचेर यान्टिबायोटिक आवश्यक पर्याे भने मात्र खाने हो ।

कोठा बन्ध गरेर दाउरा गुइँठा र हिटर बाल्दा कसरी बाल्ने ?
कोठाभित्र आगो, गुइँठा र हिटर बाल्ने काम गर्नुहुँदैन । बाल्नै परे राम्रोसँग हावा आवतजावत गर्ने र धुवा बाहिर जाने गरी बाल्ने । श्वासप्रश्वासमा समस्या हुने मान्छेले मकल र दाउरा बालने ठाउँमा बस्नु हुँदैन ।

ग्यास गिजर बन्द गरेर बाथरुममा नुहाउँदा के गर्ने ?
धेरैको ग्यास सिलिन्डर बाहिर राख्ने र बल्ने चुलो भित्र हुन्छ । त्यसरी भित्र आगो बाल्दा कार्बनमोनोअक्साइड हुन्छ, त्यसले विस्तारै मान्छेलाई बेहोस बनाउँछ र सबै अक्सिजन सकिन्छ र मान्छेको मृत्यु हुन्छ । त्यसैले यस्तो ग्यास गिजरको प्रयोग गर्दा पुरै कोठा बन्द गरेर गर्नु हुँदैन ।

यो मौसममा कुनै समस्या नआओस् भनेर के-के कुरामा ध्यान नदिने ?
पहिलादेखि नै सरसफाइमा ध्यान दिने । निमोनिया रुघाखोकी भ्याक्सिनको प्रयोग गर्ने, बाहिर गएर सडे गलेको खाना नखाने गर्नुपर्छ ।

यस्तो भ्याक्सिन नेपालको सबै अस्पतालमा पाउन सक्छौ त ?
अस्पतालमा यो पाइन्छ । सरकारले वृद्धवृद्धा र बालबालिकामा यो निःशुल्क गराइदिनु पर्दछ । विदेशतिर पनि यो मौसम भन्दा अगाडि फ्लु विरुद्धको खोप लगाउने गरिन्छ । हाम्रो नेपालमा पनि यो सुरु गर्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : २० बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या