खस्किँदो अर्थतन्त्रले देश संकटतर्फ जान सक्छ « Khabarhub

खस्किँदो अर्थतन्त्रले देश संकटतर्फ जान सक्छ

‘नयाँ सरकारले सोचविचार गरेर पूरक बजेट ल्याउनुपर्छ’


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : खस्कँदो अर्थतन्त्रलाई सुधार गर्न सरकारले पहिलो प्राथमिकतामा अर्थतन्त्र राखेर काम गर्न अति आवश्यक छ । देशको अर्थतन्त्र निकै नाजुक अवस्थामा पुगेको भन्ने आशङ्का रहेको बेलामा सरकारले अर्थतन्त्र जोगाउन कस्तो पाइला चाल्नु पर्ला त ? यसै विषयमा आधारित भएर नेपाल राष्ट्रिय योजना आयोगका पूर्व सदस्य अर्थविद् डा. डिल्लीराज खनालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

देशमा अर्थतन्त्र झन् खस्किदै गएको छ, यसमा तपाई सहमत हुनुहुन्छ ? 
खस्कँदो अर्थतन्त्रमा ध्यान दिइएन भने देश संकटतर्फ नै जान्छ । युवाहरू विदेशमा गएर देशको केही थोरै भए पनि अर्थतन्त्र रेमिटेन्सले धानेको छ । कठोर नीति वृद्धि गर्दा गर्दै पनि मौद्रिक नीति खस्किएको छ । यदि बुद्धिमत्ता पूर्वक ध्यान दिएन भने संकटमा जान्छ देश ।

बुद्धिमत्ता पूर्वक ध्यान कसले दिनु पर्ने हो ? 
जुन बेला कठोर मौद्रिक नीति लिइन्छ, त्यसमा राजस्व नीति खर्च नीति (फिस्कल नीति)मा बुद्धि पुर्‍याएर अगाडि बढ्नु पर्‍यो । र, त्यसबाट पर्ने प्रतिकुल असरलाई पहिचान नगर्दा अहिले निजी क्षेत्र आन्दोलनमा जानु पर्ने स्थिति बनेको छ ।

सरकारले आजको दिनमा गर्नै पर्ने काम के हो त ? 
अघिल्लो वर्ष ३५ प्रतिशत भन्दा बढी रकमान्तर भएको छ । खर्च पनि त्यतिकै भएको छ कानुन कहाँ गयो त ? जबसम्म यो सरकारले नीति नियमलाई पालना गर्ने कानुन बनाउँदैन तब सम्म देशको विकास हुँदैन । उत्पादन क्षेत्रको विकास गर्ने । जेले अर्थतन्त्रलाई उकास्न मद्दत गर्छ त्यसको विकासमा यो सरकार जानु पर्‍यो। मौद्रिक नीति र वित्त नीतिलाई एक ठाउँमा राखेर काम गरेन भने कारबाही गर्ने नीति ल्याउनु पर्‍यो । सरकारमा हुने र प्रतिपक्षमा हुने सबै दलले जे घोषणा पत्र लिएर गएका छन् । त्यसलाई सम्बोधन गर्दै अगाडि जाउन् । तत्कालीन रूपमा अर्थतन्त्रमा देखिएका समस्यालाई सरकारले आफ्नो प्राथमिकता बनाएर काम गर्नु पर्दछ ।

अर्थ मन्त्रालयले के के गर्नु पर्दछ अब ?  
पूरक बजेट ल्याउनु पर्दछ । तर अन्धाधुन्दरूपमा ल्यायो भने त्यसले अर्को अर्थतन्त्रमा बोझ थप्छ । अनुत्पादक खर्चलाई खटाएर पूरक बजेट ल्याउनु पर्छ । नीतिगत कुराहरू राष्ट्र बैक लगेर समन्वय गरेर जानु पर्‍यो  । निर्यातमा ध्यान दिने, पर्यटन क्षेत्र मा प्रर्वद्धन गर्ने, शिक्षा र स्वास्थ्यमा वा जनतालाई सेवा दिने ठाउँमा भएका हरेक समस्या हरू हटाउने, कमिसन तन्त्र र भ्रष्टाचार तन्त्रलाई अन्त्य हुनु पर्‍यो  । अब नयाँ सोच दृष्टिकोणको आधारमा जानु पर्‍यो  । किसान, युवा, जनताको समस्याहरूलाई हामी यसरी समाधान गर्छौ भनेर सरकार लाग्नु पर्‍यो ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  २ : ५३ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु