आज २०७९ साल पुस २० गते बुधबारको राशिफल « Khabarhub

आज २०७९ साल पुस २० गते बुधबारको राशिफल


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल पुस २० गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेश:

मेष : शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। इष्टमित्रबाट सहयोग मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।

मिथुन : आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।

कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

सिंह : मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

कन्या : सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।

तुला : आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।

वृश्चिक : बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

धनु : प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर : दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।

कुम्भ : शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ।

मीन : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ५९ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित