चिसोले सिराहाका विद्यालय बन्द « Khabarhub

चिसोले सिराहाका विद्यालय बन्द


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिराहा –  अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि सिराहाका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतले १९ देखि २२ पुससम्म तीन दिनका लागि विद्यालय बन्द गरेका छन्।

सिराहा, कर्जन्हा, मिर्चैया, धनगढीमाई र सुखीपुर नगरपालिका, भगवानपुर, नवराजपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

अर्नामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन सिंहले मौसममा देखिएको प्रतिकूलतालाई मध्यनजर गरेर शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिए।

दुई दिनदेखि एकाएक चिसो बढेकाले पालिकाहरुले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नरहा गाउँपालिकाका शिक्षा शाखा अधिकृत देवशंकर यादवले बताए। जिल्लाका अधिकांश पालिकाहरुले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा तीन दिनको बिदा दिएका छन्।

चिसो बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन्। अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन्।

सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठन्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ। चिसोले खास गरेर विद्यालयका बालबालिका, ज्येष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ। बाक्लो हुस्सुकै कारणले सिराहाबाट बिहानै चल्ने सार्वजनिक सवारीसाधनसमेत प्रभावित भएका छन्।

चिसोबाट जोगिन अति आवश्यकबाहेक सर्वसाधारण घर बाहिर ननिस्कँदा सिराहाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुहरूको सङ्ख्या अत्यन्त न्यून देखिन थालेका छन्। तराई मधेसका जिल्लाहरूमा पुस र माघमा शीतलहरले बढी प्रभाव पार्ने गरेको छ।

सिराहाका गाउँघरहरूमा शीतलहर सुरु भएसँगै आगो ताप्ने क्रम बढेको छ। गाउँघरमा अहिले गुइँठा, दाउरा र परालका आगो बालेर चिसो छल्ने गरेको स्थानीय बताउँछन्। चिसोले गर्दा बालबालिकासँगै वृद्ध वृद्धा, र दैनिक ज्याला मजदुरी गर्नेहरू मार्कामा परेका छन्।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : ४९ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी