चिसोले सिराहाका विद्यालय बन्द | Khabarhub Khabarhub

चिसोले सिराहाका विद्यालय बन्द


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिराहा –  अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि सिराहाका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतले १९ देखि २२ पुससम्म तीन दिनका लागि विद्यालय बन्द गरेका छन्।

सिराहा, कर्जन्हा, मिर्चैया, धनगढीमाई र सुखीपुर नगरपालिका, भगवानपुर, नवराजपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

अर्नामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन सिंहले मौसममा देखिएको प्रतिकूलतालाई मध्यनजर गरेर शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिए।

दुई दिनदेखि एकाएक चिसो बढेकाले पालिकाहरुले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नरहा गाउँपालिकाका शिक्षा शाखा अधिकृत देवशंकर यादवले बताए। जिल्लाका अधिकांश पालिकाहरुले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा तीन दिनको बिदा दिएका छन्।

चिसो बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन्। अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन्।

सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठन्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ। चिसोले खास गरेर विद्यालयका बालबालिका, ज्येष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ। बाक्लो हुस्सुकै कारणले सिराहाबाट बिहानै चल्ने सार्वजनिक सवारीसाधनसमेत प्रभावित भएका छन्।

चिसोबाट जोगिन अति आवश्यकबाहेक सर्वसाधारण घर बाहिर ननिस्कँदा सिराहाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुहरूको सङ्ख्या अत्यन्त न्यून देखिन थालेका छन्। तराई मधेसका जिल्लाहरूमा पुस र माघमा शीतलहरले बढी प्रभाव पार्ने गरेको छ।

सिराहाका गाउँघरहरूमा शीतलहर सुरु भएसँगै आगो ताप्ने क्रम बढेको छ। गाउँघरमा अहिले गुइँठा, दाउरा र परालका आगो बालेर चिसो छल्ने गरेको स्थानीय बताउँछन्। चिसोले गर्दा बालबालिकासँगै वृद्ध वृद्धा, र दैनिक ज्याला मजदुरी गर्नेहरू मार्कामा परेका छन्।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : ४९ बजे

समयमै पार्टीको महाधिवेशन हुन्छ : एकीकृत समाजवादी

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन समयमै हुने कुरामा दुबिधा नरहेको

अब गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्छौँ : मनीष झा

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले झापास्थित गिरीबन्धुको

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिने 

विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति

सन्तुलित बजेट आएको सबैले टिप्पणी गरेका छन् : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?

काठमाडौं– सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक