सत्ताको फोहोरी खेलमा ओली सफल भए | Khabarhub Khabarhub

सत्ताको फोहोरी खेलमा ओली सफल भए

राप्रपाले मुद्दा मिलेन सरकार बाहिर बस्छौं भन्न सक्नुपर्छ


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

देशमा नयाँ सरकार बने पनि त्यसले पूर्णता पाउन सकेको छैन। पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात जना सारथि लिएर हिँडेका छन्। प्रचण्ड नेतृत्वको सरकारमा नयाँ अनुहार पनि आएका छन्। छिनभरमै नेपाली कांग्रेससँगको सहकार्य टुटेपछि सत्ता एकाएक अर्काको पोल्टामा पुगेको छ। कांग्रेस प्रतिपक्षमा बस्न पुगेको छ। प्रचण्ड प्रधानमन्त्रीमा सफल भइरहँदा मन्त्रिपरिषद्मा सफलता पाउन अझै केही समय पखिनुपर्ने छ। एक हप्ताको यो समय प्रचण्डले विभिन्न कार्यक्रममा पुगेर भाषण कम र काम ज्यादा गर्ने उद्घोष गरेका छन्। के साँच्चै यो सरकारले काम गर्ला ? सरकार गठन, नयाँ दलको उदय र नेपालको भू–राजनीतिकका विषयमा वरिष्ठ पत्रकार प्रा. पी खरेलसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

अहिलेको सरकारको नेतृत्वलाई कुन रूपमा हेर्नु भएको छ ?
प्रधानमन्त्री बने लगत्तै प्रचण्डले भाषण कम र काम ज्यादा गर्ने भन्नुभएको छ। यसको अर्थ यो भन्दा अगाडि केही काम गरेको रहेनछ भन्ने हो। नेताको भन्ने एउटा र गर्ने अर्को यो आजको मात्र नियत होइन। यो सवालमा कोही नेता पनि कम छैनन्। गठबन्धन र सत्तामा जाने हतारोमा कोही भन्दा कोही कम छैनन्। केपी ओलीले रणनीतिक रुपमा आफू प्रतिपक्षमा बस्नु भन्दा शेरबहादुर देउवाको ठाउँमा पुष्पकमल दाहाललाई जिम्मेवारी दिएर ल्याए। यो फोहोरी खेलमा उनी सफल भए, तर सरकार सफल हुँदैन।

अघिल्लो गठबन्धन हुँदाहुँदै नयाँ गठबन्धन बन्यो। यसमा को सफल भयो ?
यो फोहोरी खेलमा ओली सफल भए मैले अघि नै भनिसकेँ। अरु देउवाको मुखमा पुगेको पद गुम्यो भन्छन् मत मुखभित्र पसेको तर मुख बन्द नगर्दा सरकार गुमायो भन्छु। तर, सरकार सफल हुन्छ हुँदैन भन्ने कुरा आयो। विगतलाई हेर्दा सरकार सफल हुँदैन। अब तीन किलोमिटर बाटो चिल्लो देखेर ‘यो सरकारले गजब गर्यो’ भनेर कसैले भन्दैन। अहिले सरकार बन्यो। अब सरकार कसरी फालौं भन्ने केपी ओलीलाई हुन्छ। पहिला सात दल देखिए पनि यसमा नौ वा १० वटा दल हुने देखिन्छ।

कांग्रेस असफल हुनु पछाडिको कारण के देख्नुहुन्छ ? नेतृत्वले मात्र जिम्मेवारी लिनुपर्छ कि पदाधिकारीको पनि दोष छ ?
नेपाल, सिक्किम र भुटानको विषय लिएर चीनका ठूला सरकारी मुखपत्रमा टिप्पणी हत्तपत्त आउँदैन थिए। विगत १६ महिनादेखि पटकपटक लेख आए। यस्तो आपत्तिजनक ढंगले चीनले धारणा सार्वजनिक गर्दैन थियो। नेपालको लिपुलेक भएर भारतले सडक बनाइरहेको छ सचेत हुनुपर्छ भनेर लेख लेखेको छ। चीनले कालापानीमा नेपालले भारतीयलाई फर्काउन सकेन, भारतले अझ संख्या बढाएको छ नेपाल होसियार हुनुपर्छ भनेको छ। यसरी चीनले चेतावनी दिएको हो। भारतीय रक्षामन्त्रीले लिपुलेकमा बाटो उद्घाटन गर्दा नेपालमा ठूलो विरोध भयो भनेर उनीहरुले नै लेखे। नरेन्द्र मोदीले उत्तराखण्डमा पुगेर लिपुलेकमा बाटो बन्दैछ भनेर धम्क्याएर उसले नै भन्दै आएको छ। चिनियाँहरु सय वर्षको दूरदृष्टि राखेर हिँड्छन्। प्रचण्डको सरकार बन्यो। अब कम्युनिस्ट एक हुनुपर्छ भनेर चीनले भनेको छ। अमेरिकाले लगानी गरेर युवालाई राजनीतिमा प्रवेश गरायो भनेर चीनले भनेको छ। तर, यो विषयमा बेइजिङ र यहाँको राजदूतावासले केही भनेको छैन।

यो सरकार गठन हुँदा को सफल भयो, को असफल भयो ? यसको भूराजनीतिक महत्त्व के छ ?
यसमा मुलत अमेरिका असफल भयो। चिनियाँ भनाइ अनुसार विभिन्न आवरणमा युवालाई राजनीतिमा प्रवेश गराइएको छ। सरकार परिवर्तनमा भारतको पूर्ण समर्थन छ। भारतको भद्दा किसिमको ‘डिप्लोमेसी’ हुन्छ। उनीहरुको टेलिभिजनमा ठूलो पैसा हुन्छ। अहिले तीन वर्षयता मात्र प्रेस स्वतन्त्रतामा भुटान, माल्दिभ्स र नेपालभन्दा भारत तल छ। यो गोगलमा हेर्दा हुन्छ।

अहिले चीनले आफू सफल भएको मानिरहँदा सीमा नाका खुला भएका छन्। यसलाई कसरी बुझ्ने ?
भारतले खुशी भएर हाँसेर दुःखेसो पोखेको देखिन्छ। अहिले ‘चीन त खुशी भयो होला नि ! उनीहरुले रोजेको व्यक्ति प्रधानमन्त्री हुँदा’ भनेर भारतीय मिडियाले लेखेका छन्। भारतका सुरक्षाविद्ले चीनको पोल्टामा गयो भनेर लेखेका छैनन्। केपी ओली पनि कम्युनिस्ट पार्टी पुष्पकमल दाहालको पार्टीको नामै माओवादी छ। हाम्रो छिमेकी राज्यमा पश्चिमा गतिविधि बढ्यो भने हामीलाई राम्रो हुँदैन भनेर चीनले भनेको छ। चीनले आफ्नो रणनीतिक योजनामा भारतलाई समेट्ने भनेको छ। अहिले भारतले मिल्नुपर्छ भनेको छ। नेपालको बारेमा भारत र चीनबीच सहमति भएर यो सरकार बन्यो भन्ने मलाई लाग्छ।

चीनले सफलता पाएको बताउँदा प्रधानमन्त्री प्रचण्डले पहिला भारत भ्रमण हुने बताउनुलाई कसरी बुझ्ने ?
पहिला जे भएको थियो त्यसलाई नै निरन्तरता दिने बताएका हुन्। यो कुराबाट चीन बेखुसी हुँदैन। उसले पनि भूराजनीतिक अवस्था बुझेको छ। नेपालमा १९७३ मा राजा वीरेन्द्रको पहिलो विदेशी भ्रमण भयो। उनले मिलेको छैन भनेर भारतलाई संकेत दिन नदरल्याण्डबाट भ्रमण सुरु गरे। त्यहाँबाट आएपछि भारतको राजकीय भ्रमण गरे। त्यसलगत्तै चीनको भ्रमण गरे। सबैले पहिला भारतमा नै जाने प्रक्रिया भयो। भारत भ्रमणमा जानुलाई नकारात्मक रुपमा लिनु हुँदैन। यो नियमित प्रक्रिया हो। भारत भ्रमण जानुलाई नियमित प्रक्रियाबाहेक नबुझ्दा हुन्छ।

प्रधानमन्त्री बनेपछि हुने औपचारिक भ्रमणको अर्थ के हुन्छ ? अब त फोनमा वा बैठक राखेर कुरा गर्न सकिँदैन र ?
एउटा प्रक्रिया हो। संस्कृति हो। यसलाई बेठिक ठान्दिन। तर, नगए पनि हुन्छ। पटकपटक गएको हो। अब नगए हुन्छ तर त्यो चेतना छैन।

प्रचण्डले अहिले भाषण कम र काम ज्यादा गर्ने भनेका छन्। त्यसमा भारत भ्रमणको क्रममा कस्तो सन्देश प्रवाह गर्न सक्यौं भने त्यसले देशको लागि राम्रो गर्न सक्छ ?
राम्रो विज्ञ बोलाएर भारतले कति सहयोग गर्न सक्छ ? त्यसले कति फाइदा हुन्छ हामीलाई। विज्ञसँग सोध्न सकिन्छ। सबै पार्टीका विज्ञसँग सल्लाह गरेर के गर्दा राम्रो हुन्छ। त्यो गर्न सकिन्छ। निष्कर्ष तयार बनाएर गएमा हामीलाई राम्रो गर्छ। त्यो होमवर्क यिनले गर्छन् गर्दैनन् थाहा छैन। यो बाटोमा गइहाले राम्रो हो।

चुच्चे नक्सा बनेको बदलामा नेकपा फुटाएको चर्चा हुन्छ। अहिले फेरि उनै नेता मिलेर सरकार बनेको छ। यसलाई कसरी हेर्ने ?
नेताहरू बिकाऊ र किनुवा भएर मुलुकमा विकास भएन। अहिले कम्युनिस्ट एक भएर बस्नुपर्छ भन्नुका पछाडि गएको सरकार टुट्दा केपी ओलीलाई चोट परेको रहेछ। यो सरकार लामो समय जाँदैन। चीनसँग सहमति बढाउनु पर्दछ भनेर नेताहरु एक जुट भएका हुन्। चीनले छोटो समयमा नै धेरै विकास गरेको छ। धेरै कुरा सिकेर अगाडि बढ्न सक्नुपर्छ।

राप्रपा र रास्वपाको सरकारलाई समर्थनमा लुकेको शर्त के हो ?
राप्रपालाई प्रतिगामी राजावादीको दल भन्ने थियो। राजेन्द्र लिङ्देन नेतृत्वपमा आएपछि ३३ वर्षपछि राप्रपा प्रतिगामीको अनुहार देखिएन। अहिले प्रत्यक्षमा रवि लामिछानेको जत्तिनै मत राप्रपाले ल्याएको छ। राप्रपा ३३ वर्षको परीक्षा पास गरेर आएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै काम गर्न बाँकी छ। उनीहरूले सिद्धान्त के हो व्याख्या गर्न पाएका छैनन्। दुवै सशक्त भएको कारणले अगाडि आए। उनीहरुले भ्रष्टाचारको विषयलाई आफ्नो मुद्दा बनाए। हामीले उनीहरूलाई सुझाव दिनु पर्दछ। हाम्रो यो मुद्दा हो मिलेन भने हामी बाहिर जान्छौँ भन्न सक्नुपर्छ। राप्रपाले पृथ्वी जयन्तीको दिन बिदा दिनुपर्छ भनेको छ। त्यो बिदा दिने सहमति भएन भने सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ।

प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ लिनु र बालुवाटार जाँदा साइत हेर्नुभएको कुरा चर्चामा आएको छ। के अब माओवादी मूलधारको राजनीतिसँगै जोडिन खोज्दै छ ?
माओवादी विस्तारै खुम्चिँदै गयो। उनले छोरा बितेपछि त्यहाँ ग्रहशान्तिको पूजाआज गरे। अहिले यो देखियो यो दोधारे चरित्र हो। विगतमा हामीले गल्ती गरेका रहेछौँ भन्न यिनीहरूलाई लाज लाग्यो। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)

– प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १२ : ०५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको