सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेता छान्दै « Khabarhub

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेता छान्दै


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता छान्न नेपाली कांग्रेसले निर्वाचन गर्ने भएको छ । १९ मध्ये सातजना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छनौट गर्न आज निर्वाचन गर्ने भएको हो । 

कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवान सिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का शिवराज भट्ट र मानबहादुर रावले दाबी गरेका छन् ।

निर्वाचनका लागि नेपाली कांग्रेस प्रदेश समितिले पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । कांग्रेस प्रदेश समितिका उप-सभापति लोकराज अवस्थीको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह तथा कांग्रेस प्रदेश सदस्यहरू सुरत रावत(डोटेली कान्छा) र रामबहादुर देउवा सदस्य छन् । 

सुदूरपश्चिम प्रदेश सभामा १९ सदस्यसहित कांग्रेस सबैभन्दा ठुलो दल हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने बाँकी पाँच दलले भने सहमतिका आधारमा संसदीय दलको नेता छनौट गरि सकेका छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १२ : ३३ बजे

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

आज २०८३ साल जेठ २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको