एउटै घरका चार बालबालिकामा दादुरा देखियो | Khabarhub Khabarhub

एउटै घरका चार बालबालिकामा दादुरा देखियो


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो । पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशंका गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन र स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थलमा खटिएको उनले बताए ।     

नेपालले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ । दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिमा दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठले बताए । सहजै फैलिने दादुराको पुष्टि भएका ती बालबालिका एउटै परिवारको भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिए। उनका अनुसार ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रंगको दागलगायत लक्षण देखिएपछि उनीहरूलाई  उपचारका लागि बालरोग विशेषज्ञ डा विनोद खेतानकहाँ लगिएको थियो । 

‘दादुराको जस्तो लक्षण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा पाँचजनाको रगत परीक्षणका लागि काठमाडौँ पठाएका थियौँ’, प्रमुख पौडेलले भने, ‘पाँचमध्ये चारजनामा दादुरा सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।’

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १२ : ४३ बजे

कोशीलगायत पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

जोमसोम–कागबेनी सडक कालोपत्र सुरु

म्याग्दी– मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र

गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द

नयाँ दिल्ली – गर्मी बढेपछि भारतको दिल्ली सरकारले सबै विद्यालय

सिरोहिया पक्राउ पर्नुमा प्रहरीका ६ आधार

जनकपुरधाम– प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नुका