सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान « Khabarhub

सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको हो ।

संविधानको धारा १६८ को उपधारा २  बमोजिम प्रदेश सरकार गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्नसक्ने छैन । सरकार गठन गर्न लागि दुई वा दुईभन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिएको छ । सरकार बनाउन  २७ सदस्यको आवश्यकता पर्छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न यही पुस २७ गते साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । 

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात नेकपा (एकीकृत समाजवादी) का चार राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  २ : २२ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि