प्रदेश सरकारद्वारा बीस पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना « Khabarhub

प्रदेश सरकारद्वारा बीस पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९-८० मा योजना छनोट गरेको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि रु एक करोड ७६ लाख बजेट विनियोजन गरेको हो । 

कार्यालय प्रमुख पोषानाथ शर्माले पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि छनोट भएका योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर उपभोक्ता समिति गठन, प्राविधिक लागत अनुमान तयार पार्ने काम भइरहेको छ’, उनले भने, ‘पाँच योजनाको उपभोक्ता समितिले सम्झौता गरेर निर्माणको काम थालेका छन् ।’ 

पाँच-पाँच लाख बजेट विनियोजन गरिएको बेनीको ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, गलेश्वर मन्दिर-काउलेगौडा पदमार्ग, कन्थराजको थान र फूलपातीदेखि ज्यामरुककोट मन्दिर, मालिका गाउँपालिकाको कुकुरखोरिया-दुरलेकको मेला जाने पदमार्ग र सात लाख विनियोजन भएको रघुगङ्गा-३ गायत्री मन्दिरमा उद्यान निर्माण योजनाको काम सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरना रेलिङ, तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार, सुकेधारा-सुवा पदमार्ग र अन्धगल्छी-रुप्से छहरा-भूमे मन्दिर पदमार्ग निर्माणका लागि १०-१० लाख विनियोजन गरिएको छ । 

रघुगङ्गा गाउँपालिका–४ को भूमेथान चौतारी निर्माणमा दुई लाख, बेनीको मसिना ढुङ्गा थाकनपोखरी भेटेरिनरी कार्यालय पदमार्गका लागि रु १५ लाख, गैराबारी–ढुङ्गेटा खेतदेउने पदमार्गका लागि रु पाँच लाख र गुफा राममन्दिर परिसरमा उद्यान निर्माणमा रु १५ लाख विनियोजन गरिएको छ । 

यसैगरी मालिका गाउँपालिकाको प्रभुचेला आश्रम भौतिक पूर्वाधार निर्माणका लागि १५ लाख, इग्रे-लामखोरिया पदमार्गका लागि १० लाख, पन्थोकदेखि मालिका धुरी जाने पदमार्गका लागि रु पाँच लाख, धवलागिरिको लुलाङ्ग-सागबारी पदमार्गका लागि रु १० लाख र बेँसी पन्थोक टाङवाङ रिख पदमार्गका लागि १० लाख बजेट आएको छ । 

मङ्गला गाउँपालिकाको साउनेपानी हुँदै डाँडा र सिरकुम-तीनचुले पदमार्गका लागि रु १०-१० लाख बजेट प्राप्त भएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ३ : ०५ बजे

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

आज २०८३ साल जेठ २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको