राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन | Khabarhub Khabarhub

राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भट्टले जानकारी दिए ।

संशोधित कर्जा मार्गदर्शनअनुसार अब सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने प्रवक्ता भट्टले जानकारी दिए ।

संशोधित मार्गदर्शन दुई करोडभन्दा माथिका कर्जाको हकमा लागू हुनेछ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ३३ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड