विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी « Khabarhub

विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सेवालाई गुणस्तरीय बनाउन  भन्दै जिल्लाको सुनकोसी गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र कार्यालयमा  विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ ।

 विद्यालय  तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि सुनकोसी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले ‘फेस रिडएबल’ विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो । 

गाउँपालिका मातहतका विद्यालय र कार्यालयमा सुशासन र सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालय, १० स्वास्थ्य चौकी, सात वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गरी पहिलो चरणमा २९ कार्यालयमा मेसिन जडान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

अर्को चरणमा  गाउँपालिकाभित्रका आधारभूत विद्यालयमासमेत यस्तो मेसिन जडान गरिने अध्यक्ष तिमिल्सिनाले बताए । स्थानीयबाट दैनिक रूपमा संकलन भएको करलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाले माघ महिनादेखि सातै वडा कार्यालय र गाउँपालिकामा  विद्युतीय बिलिङप्रणाली जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ५९ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती