हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय त्रसित | Khabarhub Khabarhub

हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय त्रसित


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

धरान- धरानको छिमेकी पालिका बराहक्षेत्र नगरपालिका भरौल र नडाहा क्षेत्रमा रातको समयमा हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन् । बीसभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका भएका छन् । नडाहा क्षेत्रको धना जंगलमा दिनभरि बस्ने र साँझ परेपछि मानवबस्ती पसेर खेतीबालीमा नोक्सान पुर्‍याउँदै आएको नडाहाका स्थानीय महेन्द्र कार्कीले बताए ।

‘साँझ परेपछि हात्तीको बथान गाउँ प्रवेश गर्ने गरेका छन् । स्थानीयले लगाएको फलफूल, केरालगायत अन्यबाली नोक्सान पुर्‍याउँदै आएका छन् ।’, भरौलका स्थानीयवासी नीरकुमार कार्कीले भने, ‘गाउँले साँझ परे पछि हात्ती धपाउन तयार हुनुपर्छ । जंगल नजिक घर हुनेहरू रातभरि निदाउन पाउँदैनन् ।’

पन्ध्र दिनअघिदेखि रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर एकै स्थानमा बस्दै आएका छन् । २८ वटासम्म हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताए।

बराहक्षेत्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराह क्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, बिचपानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । ३ नं वडामा हालसम्म दुई वटा घरमा क्षेत्र पुर्‍याएको वडाध्यक्ष लामाले बताए। बाक्लो बस्ती छ १, २, ३ र ५ नं वडा जंगलसंग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्नुपर्ने बाध्य भएको स्थानीय बताउँछन् । 

स्थानीय महेन्द्र कार्कीका अनुसार नडाहा क्षेत्रमा पर्ने कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले साइरन जडान गरेको गाडी डुलाउने गरेको छ । हात्ती आएपछि साइरन बजाएर खेदाउने गरिएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताए। दैनिक नाङ्लो ठटाएर हात्ती तर्साउने कामभन्दा अरु केही विकल्प नभएको जनप्रतिनिधि बताउँछन् । क्षति भएको घरधनीलाई भने नगरपालिकाले केही राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले बताए । क्षतिको विवरण संकलन गरेर राहत उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।   

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : ५५ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र