स्वतन्त्र पार्टीको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री ? « Khabarhub

स्वतन्त्र पार्टीको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री ?


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा शनिबार सकिँदै छ।

गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिएका थिए।

सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो।

यसपछि १५ माघमा जिल्ला प्रशासन कार्यालयमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएरर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्रलाई ब्युँताए। यसपछि उनले पुनः आफूलाई उप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग लविङ गरे।

प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिए पनि प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरे। जसकारण रास्वपाले गत बिहीबार दुईदिने अल्टिमेटम दिँदै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको हो। उक्त अल्टिमेटम शनिबार सकिँदै छ।

यता लामिछानेको नेपाली नागरिकता अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल फर्कन आग्रह गरेका प्रधानमन्त्री प्रचण्डले रास्वपाको मागबारे कुनै निर्णय गरिसकेका छैनन्।

प्रधानमन्त्री प्रचण्ड रास्वपालाई गृहमन्त्रालय दिन अस्वीकार गरेर पार्टीको बैठक बसेर सरकारमा रहने या नरहने निर्णय गरिने रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ३२ बजे

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मोरङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७