ब्रेकिङ स्टोरी

कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्दै

By खबरहब

February 04, 2023

काठमाडौँ – राष्ट्रियसभा उपाध्यक्षको चयनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठक ११ बजेका लागि बोलाएको छ ।

शनिवार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक आव्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निर्क्यौमा कांग्रेस भने पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसबारेमा निर्णय लिइसकेका छैनन् ।