सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण थालियो « Khabarhub

सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण थालियो


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि नलगाड नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ ।

नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । अहिले पालिकाको प्रशासकीय केन्द्र दल्लीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र दुई दिन लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको अधिकृत गिरीले जानकारी दिए । बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याइएको छ ।

नगपालिकामा १३ वडा छन् । साविकका पाँच गाविस मिलाएर नगरपालिका बनेको हो । प्रत्येक वडामा एक दिन लगाएर भत्ता वितरणको काम सुरु भएको छ । गाउँमै भत्ता पाएपछि आफूहरु खुसी भएको नलगाड नगरपालिका–८ का बले कामीले बताए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ५९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति