'आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ' | Khabarhub Khabarhub

‘आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोट– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनले डिस्ट्रिक्ट ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान सकेमात्र आत्मनिर्भरको बाटोमा नेपाल जानसक्ने धारणा व्यक्त गरे । 

उनले नेपालमा समेत पुष्पखेती फष्टाउँदै आएकाले नेपालमा उत्पादन भएको फूलको माला प्रयोग गर्न कार्यक्रममा सहभागीलाई आग्रह गरे । उनले देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न सबैमा आग्रह गर्दै फजुल खर्च र समयको सदुपयोग गर्न सकेमा मात्रै समृद्ध नेपालको बाटोमा जान सकिने बताए । 

‘सार्वजनिक कार्यक्रममा एक घण्टाभन्दा बढी खर्च नगर्ने निर्णय लिएको छु, कार्यक्रममा प्रयोग भएका माला तथा खादा स्वदेशी मात्रै प्रयोग गर्न आयोजकलाई भन्दै आएको छु, लायन व्यावसायिक हुन्छन्, आत्मनिर्भरका लागि देशमै उत्पादन भएका वस्तुको प्रयोगमा जोडिदिऔँं’, अधिकारीले भने, ‘आत्मनिर्भरका लागि आयातमा रोक लगाउने होइन हाम्रो सोच बदल्ने हो, स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो ।’

उनले सार्वजनिक कार्यक्रममा धेरै समय खर्च गर्दा जनताका अन्य काममा बाधा पुग्ने जनाउँदै सार्वजनिक कार्यक्रमलाई छोटो बनाउन आयोजकलाई आग्रह गर्दै आइराखेको बताए। गण्डकी प्रदेश सरकारले आत्मनिर्भरका लागि विभिन्न योजना ल्याउन थालेको उल्लेख गर्दै लायनसँग सहकार्य गर्दै प्रदेश सरकारका योजना अगाडि बढाउने बताए। 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १ : ०२ बजे

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो

बालबालिकामाथि हुने हरेक किसिमका दुर्व्यवहार रोक्नु सबैको दायित्व : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त गरेका

देशभरको मौसम बदली रहने, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल