सत्तापक्षको खटपटलाई सुक्ष्मरुपले हेरिरहेका छौँ : प्रतिपक्षी दल « Khabarhub

सत्तापक्षको खटपटलाई सुक्ष्मरुपले हेरिरहेका छौँ : प्रतिपक्षी दल


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् ।

सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेको राजिनामा र त्यसपछिको अवस्थाका बारेमा सुक्ष्मढङ्गले हेरिरहेको प्रतिक्रिया दिए । उनले अब कसलाई पुनः गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक विवाद उत्पन्न हुनुका साथै सदनमा पनि त्यो विषय उठेको बताए ।

नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने, “अहिले हामीले हेर्ने हो, गर्नेले के गर्छन्, त्यो हेरौँ त्यसपछि हामी टिप्पणी गरौँला ।”

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्री लामिछानेको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १ : २२ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा