सवारी दुर्घटनामा राइनास नगरप्रमुखसहित ४ जना घाइते « Khabarhub

सवारी दुर्घटनामा राइनास नगरप्रमुखसहित ४ जना घाइते


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको राइनास नगरपालिकाको ग १ झ ४२३ नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाटमा दुर्घटना हुँदा नगरप्रमुखसहित ४ जना घाइते भएका छन् । काठमाडौंबाट लमजुङतर्फ आउने क्रममा शुक्रबार राति सवा ८ बजेतिर गाडी दुर्घटना भएको हो । 

दुर्घटनामा परेर नगरप्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नगरपालिका प्रमुख गुरुङका स्वकीय सचिव बालसिंह गुरुङ र चालक जीवन ओलिया घाइते भएका छन् ।

नगरपालिका उपप्रमुख पुष्पराज खनालका अनुसार दुर्घटनापछि ४ जनालाई उद्धार गरेर राति नै काठमाडौं ट्रमा सेन्टरमा लगिएको थियो । सामान्य उपचारपछि सबै अस्पतालबाट फिर्ता भएको उनले बताए ।

नगरपालिकाको कामका लागि काठमाडौं गएको नगरप्रमुखसहितको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १ : १९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल