मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण « Khabarhub

मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि भ्रमण गरेका छन् । गृहमन्त्री इस्मालीले आज काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन् । उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुका साथै त्यहाँ निर्माण गरिएका विभिन्न पूर्वाधारको स्थलगत भ्रमण गराएका थिए ।

चन्द्रागिरिको भ्रमणका क्रममा गृहमन्त्री इस्लामीले एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पूर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको बताएका थिए । उनले उक्त परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पूर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

आईएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमइको व्यवसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ्ग हाइल्याण्डबाट प्रभावित भई यो परियोजना निर्माणमा लागेका थिए ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ५७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल