गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि फलेवास नगरलाई « Khabarhub

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि फलेवास नगरलाई


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  सातौँ पर्वत महोत्सवअन्तर्गत गण्डकी प्रदेशका स्थानीय तहस्तरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि पर्वतको फलेवास नगरपालिकाले हात पारेको छ ।

आज भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिकाविरुद्ध पाँचमध्येका तीन सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले उपाधि हात पारेको हो । सेमिफाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई पाखा लगाउँदै फलेवास फाइनलमा आइपुगेको हो भने महाशिलाले पर्वतकै मोदी गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरकोे थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा फलेवासले २५–१९ को अन्तरमा जित हात पारेको थियो । दोस्रो सेटमा भने महाशिला लयमा फर्किँदै २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो । खेलको तेस्रो सेट पनि महाशिलाकै पक्षमा रह्यो । तेस्रो सेटमा महाशिलाले २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो । चौथो सेटमा भने अघिल्ला दुई सेटको नतिजा उल्ट्याउँदै फलेवासले महाशिलालाई पराजित ग¥यो । फलेवासले २७–२५ को अन्तरमा महाशिलालाई पराजित गर्न सक्यो ।

दुवै समूहको दुई–दुई सेटको बराबरी कायम रहेको अवस्थामा पाँचौँ तथा अन्तिम सेट १५ अङ्क रहेको थियो । जसमा फलेवासले महाशिलालाई १५–१२ को अन्तरमा पराजित गरेको छ । खेलमा एउटा सहभागी हुने समूहले बढीमा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाउने नियम राखिएको थियो । यो नियमानुसार फलेवास नगरपालिकाले नेपाल पुलिस क्लबका दुई खेलाडी रविनचन्द ठकुरी र सफल विकलाई लिएर खेलेको थियो भने महाशिला गाउँपालिकाले सशस्त्र प्रहरीको एपिएफ क्लबका दुई खेलाडी विजय थापा र टेकराज अवस्थीलाई लिएको थियो ।

प्रतियोगितामा प्रथम भएको फलेवासले रु दुई लाख नगदसहिद मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको महाशिलाले रु एक लाख नगदसहित मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना स्थानमा आउने दुई समूहलाई नगद रु ३०–३० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : ११ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल