अवैध व्यापारले सीमा क्षेत्रमा नेपाली उद्योगी व्यवसायी संकटमा « Khabarhub

अवैध व्यापारले सीमा क्षेत्रमा नेपाली उद्योगी व्यवसायी संकटमा


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीका उद्योगी व्यवसायीले खुला सीमाका कारण व्यवसायमा ठुलो असर परेको बन्दै केन्द्रीय स्तरबाट सहयोगको अपेक्षा गरेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औं वार्षिक साधारणसभाको अवसरमा उद्योगी व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गरिरहेको गुनासो गरेका छन् । खुला सिमानाका कारण भइरहेको अवैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेको भन्दै उनीहरुले सीमा नाकालाई व्यवस्थित गर्दै अवैध व्यापार रोक्न उचित नीति ल्याउनुपर्ने बताएका हुन् ।

नियम पूर्वक भन्सार गरेर आएका सामानले अवैध सामानसँग प्रतिस्पर्धा गर्न असम्भव भएकोले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाका कडाइ गर्नुपर्नेमा उनीहरूको जोड छ। अवैध सामान भित्रिदा एकातिर सीमा वारीको व्यवसाय शून्य भएको अर्कोतिर सरकारको राजश्व गुमेको उनीहरुले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले आर्थिक अवस्थामा संकट देखिएकाले नआत्तिन उद्योगी व्यवसायीलाई आग्रह गरे । नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउँदै उनले उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने सुनाए । बैंकहरुले ब्याजदर बढाएकै कारण अहिलेको अवश्था आएकोले पहिलो काम ब्याजदर घटाउनु रहेको जनाए।

उत्पादनमूलक व्यवसायलाई अन्य उद्योग भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र औद्योगिक विकास र उत्पादनमूलक उद्योग स्थापनामा सरकारले ठोस कदम चाल्नुपर्ने, राष्ट्र बैंकको यथार्थपरक नीतिको अभावले कर्जा र तरलतामा समस्या देखिएकोले ध्यान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाद्वारा मनोमानी कर्जाको ब्याजदर वृद्धि नियन्त्रण गर्नुपर्ने व्यवसायीको माग छ।

जिल्ला सदरमुकाममा रहेको भीम अस्पतालको सेवा प्रवाह र आवश्यक पूर्वाधार तथा थप स्तोरउन्नतीसहित कम्तीमा १५० सैयाको अस्पतालको रुपमा विकसित गर्नुपर्ने, अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन र राष्ट्रिय ध्वजावाहक विमानबाट उडान थाल्नुपर्ने, निर्माणको सुरुवात हुन लागेको आएसीपी छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि पहल गर्नुपर्ने, लुम्बिनीको पर्यटकीय विकास एवं यस क्षेत्रको समग्र आर्थिक विकासको लागि आवश्यक काम गर्नुपर्नेमा उनीहरूको जोड छ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : ३४ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी