कञ्चनपुरमा भेटियो दुर्लभ प्रजातिको सर्प  « Khabarhub

कञ्चनपुरमा भेटियो दुर्लभ प्रजातिको सर्प 


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेलौरी नगपालिका-७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो ।

दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए। ‘मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ’, उनले भने, ‘यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ ।’ यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ । 

सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी रहेको छ । सर्प विषालु प्रजातिको भने होइन । फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गरेको छ ।

स्थानीयवासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सबडिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिए । सर्प विज्ञहरूका अनुसार यस्तो प्रजातिको सर्प रातिका बेला आहारका लागि बढी सक्रिय हुने गरेको छ ।

यस्तो सर्प दिउँसो रूखको टोड्का र दुलोमा बस्ने गर्दछ । यस प्रजातिका सर्प नेपालसहित भारत, बङ्गलादेश, चीन, इन्डोनेसिया, मलेसियालगायत दशभन्दा बढी देशमा पाइने गरेका छन् । 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १ : ४९ बजे

विदेशबाट फर्किएर गाउँमै किवी खेती, २५ रोपनीमा फैलियो मातृकाको उद्यम

बागलुङ–  गाउँबाट बसाइँसराइ बढ्दै जाँदा बस्ती सुनसान बन्दै गएको छ ।

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

एजेन्सी – अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

एजेन्सी– चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अमेरिकाका

भोजपुरमा असिना पानीले धानबालीमा क्षति, किसान चिन्तित

भोजपुर– भोजपुरका विभिन्न स्थानमा बुधबार अचानक परेको असिना पानीले पाकेर

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय