लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो : अध्यक्ष थापा « Khabarhub

लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो : अध्यक्ष थापा


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठूला भनिने नेताहरू निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए । 

अरबौँ भ्रष्टाचारको मुद्दाहरू एनसेल करछली, वाइडबडी, सार्वजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुँदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठूला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो । उनले विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएकोसमेत बताए । 

राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता व्यक्त गर्दै थापाले कार्यकर्ताहरूलाई उच्च मनोबलसहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे । 

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निमित्त सबै एकजुट भएर संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  २ : २६ बजे

एमालेको राष्ट्रिय भेलामा सहभागी हुन नेता तथा प्रतिनिधि कार्की ब्यांक्वेटमा

काठमाडौँ- नेकपा (एमाले)को राष्ट्रिय भेलामा सहभागी हुन पार्टीका नेता तथा

फास्ट ट्रयाकको महादेवटार सुरूङ ब्रेकथ्रु गर्न पुगे राष्ट्रपति (तस्बिरहरू)

काठमाडौँ – तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन

आज कुष्माण्ड नवमी, अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गरिँदै

काठमाडौँ– आज कुष्माण्ड नवमी अर्थात् अक्षय नवमी विभिन्न धार्मिक विधिअनुसार मनाइँदैछ

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

कास्की– कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई प्रतिरक्षा प्रणाली सक्रिय

काठमाडौँ – कुवेतको सेनाले देशको हवाई क्षेत्रमा शत्रुतापूर्ण ड्रोन आक्रमणको