लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो : अध्यक्ष थापा | Khabarhub Khabarhub

लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो : अध्यक्ष थापा


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठूला भनिने नेताहरू निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए । 

अरबौँ भ्रष्टाचारको मुद्दाहरू एनसेल करछली, वाइडबडी, सार्वजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुँदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठूला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो । उनले विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएकोसमेत बताए । 

राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता व्यक्त गर्दै थापाले कार्यकर्ताहरूलाई उच्च मनोबलसहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे । 

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निमित्त सबै एकजुट भएर संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  २ : २६ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु