दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री प्रचण्ड


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिए ।

प्रधानमन्त्रीले भने, ‘तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलबमानको साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागीसमेत सहयोग पुग्नेछ। शासन व्यवस्था भनेकै आखिरमा दण्ड र पुरस्कारको असल अभ्यास नै हो। हाम्रो कर्मचारी प्रशासनमा समेत त्यो कुरा लागू गर्नुपर्दछ ।’

कर्मचारीहरूको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आइरहेको र अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहेको प्रधानमन्त्रीले बताए । ‘तलवले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा कि त बिदेसिनुपर्ने कि त वित्तीय अराजकता वा लामो हात गर्ने ठाउँमा पुगेका उदाहरण पनि हामीकहाँ छन्। त्यसैले आजको परिस्थिति र आवश्यकताअनुसार कर्मचारीहरूको तलबमान र सेवासुविधामा पुनर्विचार गर्न आवश्यक छ,’ उनले भने ।

सो अवसरमा प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानुनी विषयहरू संघीय निजामति ऐनमा नै व्यवस्था गर्ने र व्यवहारिक सुझावहरू तत्काल कार्यान्वयनमा लैजाने बताए । 

प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक लिलामणि पौडेलले ‘नेपालको अर्थतन्त्रको संक्षिप्‍त विश्लेषण, दक्षिण एसियाली मुलुकहरूमा कर्मचारीहरूको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धि नयाँ प्रस्ताव, उपचार खर्च, बिदासम्बन्धी व्यवस्था, कर्मचारी आवाससम्बन्धि व्यवस्था, यातायात सुविधासम्बन्धि व्यवस्था र वर्तमानमा देखिएका बेथितिहरूको नियमनसम्बन्धि व्यवस्था, कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलब र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने विकल्पहरू, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव, सामाजिक सुरक्षा भत्ता र राजश्व छुट सम्बन्धी नयाँ व्यवस्थाका लागि प्रस्ताव, वैदेशिक अनुदानको परिचालनसम्बन्धी राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नियमन, कर्मचारीहरूको कार्यविवरणको मूल्यांकन लगायतका विषयहरू प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

गत भदौ ६ गते पूर्व मुख्यसचिव पौडेलको संयोजक र विमल वाग्ले र शिवदेव पाण्डे सदस्य रहनेगरि गठन भएको आयोगलाई ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ५ : ३८ बजे

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकआन्दोलित भएका छन् ।

खोटाङमा नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – क्यानडामा जारी टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा

जनार्दन पक्षका विद्यार्थी भन्छन् : सम्मेलन बिथोल्न प्रचण्डकै भूमिका छ

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३

१६ बर्षपछि पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी

काठमाडौं – अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी