राष्ट्रपति निर्वाचन : रामचन्द्र पौडेललाई आजपाको समर्थन  | Khabarhub Khabarhub

राष्ट्रपति निर्वाचन : रामचन्द्र पौडेललाई आजपाको समर्थन 


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

आजपा प्रवक्ता चन्द्र भूषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने बताए । ‘राष्ट्रिय एकताको साझा प्रतीक बन्नी देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवं विश्वास सहित जितको अग्रिम बधाई एवं शुभकामना समेत व्यक्त गर्दछु,’ साहले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौथो राष्ट्रपति (राष्ट्राध्यक्ष) पदका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ्ले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ६ : ३२ बजे

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी

ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान

काठमाडौं– च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले एआईबाट सञ्चालन हुने वेब ब्राउजर