सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रणसम्बन्धी कृतिम अभ्यास « Khabarhub

सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रणसम्बन्धी कृतिम अभ्यास


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टरले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी कृतिम घटना अभ्यास गरेको छ ।

दीपायल सिलगढी नगरपालिका(४ को सहकार्यमा शुक्रबार दीपायल राजपुर बजारमा सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण र सुरक्षा सचेतनामूलक कार्यक्रमको कृतिम घटना अभ्यास गरिएको हो ।

खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागीसम्बन्धी नमूना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टर डोटीका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले बताए।

उनले भने , “सिलिन्डर ग्यासका कारणले हुने आगलागीजन्य विपद्बाट कसरी सुरक्षित रहन सकिन्छ रु सिलिन्डरमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आमनागरिकलाई जानकारी गराउन सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।”

विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरुको बारेमा जानकारी हुन आवश्यक रहेको समेत प्रहरी नायब उपरिक्षक सिंहले बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टरले डोटीमा समय समयमा प्राकृतिक प्रकोपजन्य कार्य आगलागी, भूकम्प, बाढीपहीरोबाट सुरक्षित रहन सचेतनाका लागि कृतिम घटना अभ्यास गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : २८ बजे

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि