पठानले तोड्यो बाहुबली २ को रेकर्ड « Khabarhub

पठानले तोड्यो बाहुबली २ को रेकर्ड


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता शाहरुख खानले फिल्म ‘पठान’मार्फत आफू बलिउडको ‘किङ’ हो भन्ने कुराको पुष्टि गरेका छन् ।शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले अर्का अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् । यो कुराको जानकारी ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले ट्वीटमार्फत दिएका छन् ।

‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन तोडेको छ । मेरो लागि यो गर्वको अवस्था हो । एकपटक पुनः दर्शकलाई दिन चाहन्छु, जसले यति धेरै माया दिए’, उनले ट्वीटेका छन् ।

प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी र राम्या कृष्णनन स्टारर फिल्म ‘बाहुबली २’को हिन्दी भर्सनले बक्सअफिसमा करिब ५ सय ११ करोड कमाई गरेको थियो । ‘पठान’ले रिलिजको ३८ औं दिनमा बक्सअफिसमा ७० लाख रुपैंयाँ कमाएको थियो ।

व्यापार विश्लेषक तरण आदर्शका अनुसार पठानले हालसम्म बक्सअफिसमा ५ सय १० दशमलब ६५ करोड रुपैंयाँ कमाइसकेको छ । निर्देशक सिद्धार्थले भने फिल्मले ५ सय ११ करोड रुपैंयाँको आँकडा पार गरिसकेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : ५९ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो