बोआओ फोरम, दोस्रो लोकतान्त्रिक शिखर सम्मेलन र नेपाल | Khabarhub Khabarhub

बोआओ फोरम, दोस्रो लोकतान्त्रिक शिखर सम्मेलन र नेपाल


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चीन र अमेरिकाबीच बढ्दो टकरावले विभिन्न ढाँचामा द्वन्द्वको आकार लिइरहेको छ । हालसालै, मार्च २८ देखि ३१ मा बोआओ फोरम र मार्च २८ देखि ३० सम्म लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलनको नाममा दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो ।

जसको नेतृत्व क्रमशः चीन र अमेरिकाले गरेका थिए । बोआओ फोरमको एजेण्डा “एक अनिश्चित विश्वः चुनौतीहरूको बीचमा विकासको लागि एकता र सहयोग” भन्ने थियो । त्यसैगरी, मिडिया स्वतन्त्रता र लोकतन्त्र, पत्रकारको सुरक्षा र सुरक्षाको संरक्षण, अनलाइन अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र, विविध र खुला मिडियाजस्ता एजेण्डामा लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलनमा छलफल भएको थियो । दुवै सम्मेलनको उद्देश्य भनेको एउटा आदर्श विश्व निर्माण गर्ने हो भन्नेमा शंका छैन । तर प्रश्न आउँछ, कस्को नेतृत्वमा ? हो, यहीँबाट समस्याको फेहरिस्त सुरु हुन्छ ।

बोआओ फोरम र लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलन

फ्रिडम इन द वर्ल्ड २०२३ को प्रतिवदेन अनुसार, लोकतन्त्रका लागि पहिलो शिखर सम्मेलनमा भाग लिने १७ देशहरुमा, २०२२ सम्म आइपुग्दा स्वतन्त्रता एवं खुला समाज सूचकमा गिरावट देखिएको छ भने १५ देशमा सुधार देखिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको नेतृत्वमा पहिलो पटक २०२१ यो सम्मेलन आयोजना गरिएको थियो ।

बाइडेनले आफ्नो राष्ट्रपति निर्वाचन अभियानमै चुनाव जितेको खण्डमा लोकतन्त्रका लागि सम्मेलनको आयोजना गर्ने घोषणा गरेका थिए । सोही अनुरूप नै यो सम्मेलन आयोजना हुन थालेको हो । केबल लोकतन्त्रमा विश्वास राख्ने देशहरूलाई मात्र समावेश गर्ने भनिएका कारण यो सम्मेलनमा चीन र रुसलाई अहिलेसम्म निम्तो दिइएको छैन ।

अर्कोतर्फ भने चीनले बोआओ फोरमका माध्यमबाट ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ, र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ भन्ने प्रस्तावलाई एकपटक फेरि अगाडि सारेको छ ।

हाम्रोजस्तो देशका लागि एकातिर पश्चिमा केन्द्रित विश्वमाझ लोकतन्त्र र समावेशिताका विषयमा नियमित प्रगति विवरण पेश गर्नुपर्ने र अर्कातर्फ चिनियाँ पक्षबाट हामीलाई ग्लोबल सेक्युरिटी इनिसिएटिभ को हिस्सा बन्न नियमित दबाब दिने प्रवृत्तिले हामी यो नयाँ चीन अमेरिकी शीत युद्धमा चेपुवामा पर्ने देखिन्छ ।

किनभने कुनै पनि सैनिक गठबन्धनमा जाने हाम्रो नीति छैन र यस प्रस्ताव नेपालले स्वीकार गर्ने आधार पनि अहिलेको भूराजनीतिको अवस्थामा न्यून देखिन्छ । यो प्रस्ताव हामीले स्वीकार गर्यो भने अमेरिकाको एसपीपी को विषयमा पनि हामीले जवाफ दिनु पर्ने हुन्छ ।

नेपालको मौनता

चाखलाग्दो कुरा के छ भने नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलनमा भाग लिएको थियो । सम्मेलनमा प्रचण्डले भिडियो वक्तत्वमार्फत सम्बोधन गरेका थिए । तर लोकतन्त्रको शिखर सम्मेलनको घोषणापत्र अनुमोदन गर्ने विषयमा भने नेपाल मौन रह्यो ।

यो विषय अलि रोचक देखिन्छ । सम्मेलनमा भाग लिएर आफ्नो विषयवस्तु राख्ने र घोषणा पत्र अनुमोदन नगरेको विषयमा सरकारले केही जानकारी गराएको भए राम्रो हुन्थ्यो । एउटा तर्क भनेको सम्मेलनमा भाग लिएर नेपालले अमेरिकी पक्षलाई “सन्तुलन” मा राख्ने प्रयास गर्यो र त्यो घोषणापत्रमा अनुमोदन नगरेर चिनियाँ र रुसी पक्षलाई “सन्तुलन” मा राख्ने प्रयास गरेको हो भन्ने हुनसक्छ ।

साथै युक्रेन युद्धमा रुसको भूमिका, मानव अधिकार र इन्टरनेट सुशासनसँग सम्बन्धित घोषणाको ४ र १३ नम्बरको बुँदालाई पनि भारतले अस्वीकार गरेको छ । अब यसमा भारतको आफ्नै कूटनीतिक राणनीति छ । रुसलाई नचिढ्याउने । त्यसैले त हालसालै जारी गरेको विदेशनीतिमा भारत र चीनलाई एउटा भरपर्दो साझेदारको रुपमा रुसले चित्रित गरेको छ ।

मानव अधिकार र इन्टरनेट सुशासनको विषयलाई भारतले राष्ट्रिय सुरक्षासँग जोडेर हेरेको हुन सक्छ । किनभने भारतभित्र अतिवाद, चरमपन्थी समूहहरू बेला बेलामा मौलाई रहने हुँदा भारले इन्टरनेटलाई पुरै खुल्ला गर्ने अवस्था देखिँदैन । जसले गर्दा उसले त्यो बुँदा अस्वीकार गरेको हुनसक्छ ।

अन्त्यमा,

लोकतन्त्रको लागि दोस्रो शिखर सम्मेलनले विश्वमा “लोकतन्त्र” विरुद्ध “एकतन्त्र” हावी हुँदै गएको कथनलाई “अन्तर्राष्ट्रियकरण” गर्न खोजेको जस्तो देखिन्छ भने बोआओ फोरम मार्फत, चीनले आफूलाई विश्व शान्ति र विकासको लागि अपरिहार्य अंग हो भन्ने व्याख्या गरेको पाइन्छ । साथै चीन अमेरिकी द्वन्द्वको आयतन पनि बढ्दै गएको जनाउ दिन्छ

हामीजस्ता विश्व रंगमञ्चको परिप्रेक्ष्यमा कमजोर राष्ट्रहरूका लागि कुनै पनि पक्ष छनोट गर्न सजिलो छैन । प्रत्येक पक्षबाट आउने निरन्तर दबाबले हाम्रो कुटनीतिमा नसोचेको भार परेको छ । उत्तरी छिमेकीको रुपमा रहेको चीन र सबैभन्दा ठूलो विकास साझेदार अमेरिकामध्ये एकको पक्ष लिनु नेपालका लागि कठिन छ । साथै चीन–अमेरिका नै कट्टर विरोधीको रुपमा विकास हुँदै गएकाले दुवैको पक्ष लिने अवस्था पनि असम्भवजस्तो नै छ ।

नेपालमा दशकौँ देखि जारी रहेको राजनीतिक गतिरोध र कमजोर आर्थिक विकासले स्थितिलाई झनै ध्वस्त बनाउँदै लगेको छ । पहिले राजनीतिक अस्थिरता ठीक गर्ने हो कि अथवा अर्थतन्त्र ठीक गर्ने हो वा हामी दुवै राजनीतिक र आर्थिक गतिरोध समानान्तर रुपमा समाधान गर्न सक्छौँ भन्ने बहस नेपालमा अहिले तातेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ११ : ३१ बजे

हुम्लालगायत कर्णालीका उच्च भेगमा हिमपात

हुम्ला– हिमाली जिल्ला हुम्लासहित कर्णालीका विभिन्न जिल्लाका उच्च भेगमा शुक्रबार

डा. ओम मूर्तिबाट सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमा खर्च

काठमाडौं– मुटुरोग विशेषज्ञ, स्वास्थ्य अभियान्ता डा. ओम मूर्ति अनिलले सामाजिक

तनहुँ जलविद्युत् आयोजनाबाट ९७ परिवारलाई क्षतिपूर्ति वितरण

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गोलभेडा खेती

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ

हाउथीले इजरायलमा आक्रमण नरोक्ने

इजरायल – यमनमा इजरायली आक्रमण जारी रहनुका बाबजुद हाउथीको राजनीतिक