बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् ।

पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो । 

ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १२ : ५३ बजे

पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

कास्की– पोखरा महानगरपालिकाले देशकै पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी

आज ‘प्रपोज डे’ : आफ्नो मायालुलाई यसरी राख्नुस् प्रेम प्रस्ताव

काठमाडौं – अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४

आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा 

काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच

आज भीमा एकादशी व्रत, भगवान विष्णुको पूजाआराधना गरिँदै

काठमाडौं– माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान्

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक

इजरायल – हमासले शनिबार रिहा गर्ने तीन जना इजरायली बन्दीको