धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति यादव « Khabarhub

धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति यादव


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्व अभिवृद्धिमा सहयोग पुग्ने बताएका छन्। जैन धर्मका प्रणेता भगवान महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आज यहाँ आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति साहले भने, ‘धर्मको विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ । धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाबाट ओतप्रोत हुने भएकाले जनकल्याणलाई केन्द्रमा राखेको हुन्छ ।’ अहिंसा, अपरिग्रह र अनेकान्तबादका प्रणेता भगवान महावीरले प्रतिपादित गरेको सिद्धान्त र विचार वर्तमानमा अझ बढी प्रासङ्गीक एवं समयसान्दिर्भिक भएको उनले उल्लेख गरे।

उपराष्ट्रपति साहले नेपाल आफैमा ऋषिमुनिहरुले तपस्या गरेको र भगवान ऋषवदेव, नविनाथ, मल्लिनाथ, पाश्र्वनाथ, महावीर एवं आचार्य स्थूलिभद्र स्वामी जस्ता महापुरुषको प्रभाव क्षेत्र रहेको हुनाले हामी नेपालीहरु आफूलाई गौरवान्वित ठान्ने बताए।

 उनले दुराग्रह, अनेकान्तवाद, आग्रहीनताले पारिवारिक, सामाजिक र विश्वशान्तिका लागि वर्तमानमा आम जनमानस साकाहारी संयमी एवं मितव्यही हुन आवश्यक रहेको खाँचो औँल्याए ।

नेपालमा जैनर्धालम्बीहरु सबै ठाउँमा विभिन्न समुदायकाबिचमा मिलेर बसोबास गरिरहेका र उनीहरु जहाँ रहेपनि भगवान महावीरका सिद्धान्त अनुशरण गर्दै धार्मिक, सांस्कृतिक र समाजसेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल भएको उपराष्ट्रपति साहको भनाइ छ । 

धर्मले संसारको नीति नियमलाई व्यवहारिक बनाउन प्रेरित गरेको बताउँदै उनले अहिंसा, शान्ति, एकान्तवाद, नैतिकताको प्रचारप्रसार जैनधर्मको महत्वपूर्ण पक्षलाई जनजनमा पुर्‍याउन परिषद्ले भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा समर्णनिर्देशिका डा निर्माण प्रज्ञाले भवगान महावीर एक व्यक्ति मात्र नभइ चेतना, सन्देश हो भन्दै विश्व शान्ति तथा मानव र जीजन्तुको कल्याणका निम्ति उनको सिद्धान्तलाई आत्मसाथ गरेर अघि बढ्नुपर्नेमा जोड दिए। 

जैनधर्म परिषद्का अध्यक्ष महेन्द्रकुमार जैनले जैन धर्मको आफ्नो मौलिक तत्वज्ञान, अद्भूत दृष्टि अर्थात समग्रमा एउटा जीवन्त धर्म भएकाले आजको सन्दर्भमा पनि जैन धर्मको महत्व सान्दर्भिक बनिरहेको उल्लेख गरे । सो अवसरमा ‘जिन संसार’ नामक स्मारिका विमोचन गरिएको थियो ।

यसअघि जन्मोत्सवको अवसरमा बिहान प्रभातफेरि आयोजना गरिएको थियो । चैत २१ गते भगवान महावीरको जन्मोत्सव नेपालसहित विश्वका विभिन्न मुलुकमा जैन–अजैन समुदायले हर्षोउल्लासका साथ मनाउँदै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  २ : २१ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान