सञ्चार मन्त्रालयद्वारा बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत « Khabarhub

सञ्चार मन्त्रालयद्वारा बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी र केन्द्रीय चलचित्र जाँच समितिको तीन सदस्यमा भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगरलाई मनोनयन गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट मनोनयन भएसँगै बोर्ड र जाँच समितिमा रिक्त रहेको पदपूर्ति भएको छ । बोर्ड सदस्यमा नियुक्त भएपछि निर्देशक केसीले आफ्नो अनुभवलाई पूर्ण उपयोग गर्ने बताए ।

‘प्रेमपूजा’ बाट अभिनय सुरु गरेका केसीले ‘धर्ती’ मार्फत निर्देशनको सुरुआत गरेका थिए । उनी अहिले ‘जाड’ नामक चलचित्रको निर्देशनमा व्यस्त छन् । केसी अगाडि निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

यस्तै, निर्देशक आचार्यले आफूले पाएको जिम्मेवारीलाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए । “जाँचमा देखिएको र सुनिएको समस्या समाधान गर्नेतर्फ लाग्नेछु । चलचित्र निर्देशक रहेकाले काँटछाँटका विषयमा सुनिने गुनासो कम गर्नेछु”, निर्देशक आचार्यले भने ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ३ : ४८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२