सञ्चार मन्त्रालयद्वारा बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत « Khabarhub

सञ्चार मन्त्रालयद्वारा बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी र केन्द्रीय चलचित्र जाँच समितिको तीन सदस्यमा भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगरलाई मनोनयन गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट मनोनयन भएसँगै बोर्ड र जाँच समितिमा रिक्त रहेको पदपूर्ति भएको छ । बोर्ड सदस्यमा नियुक्त भएपछि निर्देशक केसीले आफ्नो अनुभवलाई पूर्ण उपयोग गर्ने बताए ।

‘प्रेमपूजा’ बाट अभिनय सुरु गरेका केसीले ‘धर्ती’ मार्फत निर्देशनको सुरुआत गरेका थिए । उनी अहिले ‘जाड’ नामक चलचित्रको निर्देशनमा व्यस्त छन् । केसी अगाडि निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

यस्तै, निर्देशक आचार्यले आफूले पाएको जिम्मेवारीलाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए । “जाँचमा देखिएको र सुनिएको समस्या समाधान गर्नेतर्फ लाग्नेछु । चलचित्र निर्देशक रहेकाले काँटछाँटका विषयमा सुनिने गुनासो कम गर्नेछु”, निर्देशक आचार्यले भने ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ३ : ४८ बजे

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको