पाकिस्तानमा आर्थिक संकट गहिरिँदै, मुद्रास्फीति सन् १९६५ यताकै उच्च « Khabarhub

पाकिस्तानमा आर्थिक संकट गहिरिँदै, मुद्रास्फीति सन् १९६५ यताकै उच्च


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् १९६५ को जुलाईयता यस वर्षको मार्च महिनामा पाकिस्तानको मुद्रास्फीति पहिलो पटक सबैभन्दा उच्च मापन गरिएको छ ।

उच्च आधार प्रभावका कारण देशमा मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तिमा आगामी दुई महिनासम्म जारी रहने र जुनदेखि घट्ने अनुमान विज्ञहरूको छ ।

गहुँ र फलफूलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा योगदान पु¥याएको र मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा खाद्य वस्तुको उच्च मागका कारण पनि महँगी बढेको विज्ञहरूले बताएका छन् ।

मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको गत शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क सीपीआईले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको हो ।

मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो पीबीएसका मोहम्मद मजहरले बताए ।

पीबीएसका अनुसार मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क मार्चमा ३.७ प्रतिशत बढेको छ । फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतको वृद्धि भएको थियो ।

कोभिड–१९ का कारण थला परेको विश्व अर्थतन्त्र र रूसले युक्रेनमा गत बर्षदेखि शुरू गरेको युद्धका कारण पाकिस्तानलगायत विश्वका धेरै मुलुकको मुद्रास्फीतिका लागि जिम्मेवार रहेको मान्ने गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १ : ०८ बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल