बारको आन्दोलन आज पाँचौँ दिनमा पनि जारी रहने « Khabarhub

बारको आन्दोलन आज पाँचौँ दिनमा पनि जारी रहने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसिएनको आन्दोलन आज पाँचौँ दिन पनि जारी रहने भएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिलगायतको माग गर्दै गत आइतबारदेखी आन्दोलन जारी छ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरिरहेका छन्। उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ति प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी नै रहने छ।

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हो, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन  वा गर्न नचाहेको हो, त्यो अझै बुझ्न सकिएको छैन। त्यसमा राजनीतिक खिचातानी भएको छ। तर अब विलम्ब नगरी प्रधानन्यायाधीश नियुक्ति गरेर न्यायालयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदि कार्यपालिकाले न्यायालयलाई नेतृत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा जानेछ। ’ उनका अनुसार आगामी शुक्रवारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहीन हुँदै आएको छ। कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधीश हुँदा कामसमेत प्रभावित भएका छन् भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ०३ बजे

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन