गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने « Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्।

पाण्डेले विश्वासको मत लिने भए पछि लुम्बिनी प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो। उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।

गण्डकी प्रदेशमा ६० सिट रहेको र बहुमतका लागि ३१ सिट आवश्यक पर्ने हुन जान्छ। सो प्रदेशमा मुख्यमन्त्री पाण्डेलाई समर्थन जनाउने दलको संख्या ३५ रहेको छ, जसअनुसार  कांग्रेसको २७ सिट, माओवादीको ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट छ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ३८ बजे

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

गुल्मी- वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला