नेपाल प्रहरीका ६ क्रिकेट खेलाडीलाई प्रहरी महानिरीक्षकको सम्मान « Khabarhub

नेपाल प्रहरीका ६ क्रिकेट खेलाडीलाई प्रहरी महानिरीक्षकको सम्मान


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान गरेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरेका हुन् ।

एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली क्रिकेट टिमका नेपाल प्रहरीका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झालाई विशेष समारोहका बिचमा सम्मान गरिएको हो  ।

खेलकुद समितिका अध्यक्षसमेत रहेका महानिरीक्षक कुँवरले नेपाली क्रिकेटलाई एसियाली कपमा पुर्‍याउन योगदान गरेको भन्दै खेलाडीहरूलाई प्रशंसा पत्र तथा नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ५९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५