पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै « Khabarhub

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ। बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन्।

धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन्। बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटकीय विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताए।

“नगरपालिकाले शिव लिङ्गेश्वर धाम र बेदकोट तालको विकास गर्न विभिन्न संरचना बनाउँदै छ”, उनले भने, “हामीले बेदकोट नगरभित्रका पर्यटकीयस्थलको विकासलाई प्राथमिकतामा राखेका छौँ।” अहिले यहाँ केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन्।

भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्र र बिजुली बत्ती पुर्‍याउने काम भइरहेको छ। नगरपालिकाका इन्जिनियर शतिस शामीले पार्किङस्थल, मन्दिर निर्माण, कफी हाउस निर्माण र विवाहमण्डप बनाउने काम अघि बढेको बताए। दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जोशी विल्डर्ससँग ठेक्का सम्झौता भएको छ। बेदकोट नगरपालिकाले यहाँ ‘सेल्फी प्वाइन्ट’को निर्माण गरेको छ। सात वर्ष अघि रु २५ लाखको लागतमा सेल्फी प्वाइन्ट निर्माण गरिएको हो। पछिल्लो समय महेन्द्रनगर आउने आन्तरिक तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन्। लिङ्गेश्वरधाम पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : ३७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको