प्रथम चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि « Khabarhub

प्रथम चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । 

आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमका अनुसार गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न २० डोजाङका २ सय ६० पुरुष र २ सय महिला गरी जम्मा ४ सय ६० खेलाडीको सहभागिता रहने छ ।  सहभागी खेलाडीलाई दर्ता शुल्क नलाग्ने पनि उनले बताए।

प्रतियोगितामा गेरोगोरीमा २१ तथा पुम्से (एकल) मा २ गरी २३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका खेलहरू गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा हुनेछन् ।

गोकर्णेश्वर नगर खेलकुद विकास समिति तथा गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा हुन लागेको प्रतियोगिताको उत्कृष्ट पुरुषरमहिला खेलाडीलाई जनही ५ हजार रुपैयाँसहित ‘डोबोक’ प्रदान गरिने छ ।

दुईदिने प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १ : ०९ बजे

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको