मकैको बीउ वृद्धि अभियान « Khabarhub

मकैको बीउ वृद्धि अभियान


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बलेवा– कृषि ज्ञान केन्द्र बागलुङले मकैको बीउ वृद्धि अभियान थालेको छ । किसानले खोजेका बखत बीउ भेटाउन नसकेकाले उक्त केन्द्रले गत वर्षदेखि नै बीउ उत्पादन थालेको थियो । आगामी वर्षसम्म जिल्लामा माग भएअनुसार बीउ उत्पादन गर्ने केन्द्रको लक्ष्य छ । 

गतवर्षसम्म जिल्लामा मकैको बीउ अभाव थियो । किसानले बीउ नपाएर हैरान भएकाले  बीजवृद्धि अभियान थालिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। 

चालु वर्षमा तीन दशमलब पाँच मेट्रिकटन बीउ उत्पादन भइसकेको छ । आगामी वर्षसम्म जिल्लाको आवश्यकता पूरा गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । गत वर्षदेखि २५ हेक्टर जमिनमा बीजवृद्धि कार्यक्रम थालिएकाले आवश्यक बीउ पुर्‍याउन सकिने प्रमुख भट्टराईले बताए। उत्पादित बीउ भण्डारणका लागि काठेखोला गाउँपालिकामा २० टन, जैमिनीमा २० टन र बरेङमा १० टन क्षमताको भवनसमेत निर्माण गरिएको छ ।

 त्यस्तै बडिगाड गाउँपालिका–१ को दगातुम्डाँडामा गत वर्ष नै ३० टन क्षमताको भवन बनिसकेको छ । चालु आर्थिक वर्ष बरेङमा १५ हेक्टरमा बीजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको र त्यसबाट ३५ टन मनकामना जातको प्रमाणित बीउ उत्पादन हुने उनले बताए। बीज वृद्धिका लागि गणेश र मनकामना जातको मकै बढी लगाइने गरिएको छ । 

हावापानीको हिसाबले बागलुङको अधिकांश स्थान मकै उत्पादनका लागि  अब्बल स्थान मानिएको छ । ‘राम्रो उत्पादन हुने भएकोले मकैको बीउ तथा बाली उत्पादन विशेष कार्यक्रम नै सञ्चालन गरिएको छ’ बाली विकास अधिकृत दिनेश पाठकले भने ,’गण्डकी प्रदेश सरकारले पनि बीउ उत्पादनका लागि लगानी गरेको छ ।’ चालु आर्थिक वर्ष गण्डकी सरकारको रु पाँच करोड बजेटबाट उन्नत बीउ उत्पादन गर्ने लक्ष्य रहेको र सो रकमबाट बागलुङमा मात्रै ४८ लाख  लगानी गरिएको उनले बताए ।

संघीयता लागू गर्दा हटेका तत्कालीन कृषि कार्यालय ज्ञान केन्द्रको रुपमा स्थापित हुन चार वर्ष लागेकाले बीउ उत्पादनमा असर परेको थियो । विज्ञ नभएको र पालिका तहमा सामान्य कृषि प्राविधिक मात्र आउँदा बाली विकास र उत्पादन बढाउने योजना बनेका थिएनन् । 

‘विज्ञको अभावमा बीजवृद्धि कार्यक्रम त ठप्पै भएको थियो । चार वर्षसम्म बीउ उत्पादन नहुँदा झण्डै लोप हुन लागेकामा  अहिले लगानी बढाएर बीजवृद्धि कार्यक्रम ल्याउनु परेको हो’ प्रमुख भट्टराईले भने , ‘खाद्य वस्तु नै उत्पादन नभए कसरी कृषिको विकास होला ?’ जिल्लामा तरकारीलगायत अन्य बीउ वृद्धि गर्ने कार्यक्रमसमेत ल्याइने उनले बताए।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  २ : ५६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज