नेपाली उत्पादनलाई प्राथमिकता दिइने « Khabarhub

नेपाली उत्पादनलाई प्राथमिकता दिइने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाटन– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु हस्तकला, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई प्राथमिकता दिइने बताएका छन् । 

ललितपुरको सातदोबाटोमा आज उद्यमी घरको शुभारम्भका अवसरमा उनले नेपाली उत्पादन र हस्तकलाका सम्बन्धमा आगामी वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकता दिइने बताएका हुन् । उनले भने, ‘तयार हुँदै गरेको आगामी आवको नीति तथा कार्यक्रममा घरेलु हस्तकलाजन्य सामग्री, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई उचित सम्बोधन गरी प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न मन्त्रालय प्रतिवद्ध छ ।’

मन्त्री रिजालले नेपाली उत्पादनलाई प्रवर्द्धन गरी बजारीकरणका माध्यमबाट विदेशमा निर्यात गर्दै आर्थिक उपार्जन गर्न सकेमा थप रोजगारीको सिर्जना हुने बताए। उनले उद्यमी घरको सञ्चालनबाट उत्पादनकर्ताले लागतको वास्तविक मूल्य पाउने विश्वास व्यक्त गरे । उनले उद्यमी घरमार्फत सबै नेपाली उत्पादनको उपभोग गर्न नागरिकले सहज रुपमा पाउनेमा जोड दिए ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नेपाली उत्पादन र बजारीकरणलाई ध्यान दिनुपर्ने बताए। ‘हामीले स्वदेशी बजारलाई प्राथमिकता दिन नसक्दा विदेशी उत्पादनमा निर्भर हुनुपरेको छ, यसैको कारण अहिले आर्थिक अवस्था खराब हुँदै छ’, प्रमुख महर्जनले भने, ‘उद्यमी घरको सञ्चालनले उद्यमीलाई जीविकोपार्जन गर्दै आत्मनिर्भर बनाउने अभियानको सुरुवात भएको छ, यस अभियानलाई नगरपालिकाले महत्वपूर्ण सहयोग गर्नेछ ।’

ललितपुर महानगरपालिका– १४ का अध्यक्ष अमृतजङ्ग महतले उद्यमी घरको सञ्चालनबाट ‘मेड इन नेपाल’ लेखेको उपहार दिन पाइने अवस्था सिर्जना भएकामा खुसी व्यक्त गरे । उनले सस्तोको खोजीमा लाग्दा चाइनिज र भारतीय उत्पादनमा निर्भर हुनुपरेको तथा नेपाली उत्पादनले प्राथमिकता पाउन नसकेको बताए ।

श्रीकृष्ण प्रणाली सेवा समाजका अध्यक्ष श्याम कृष्ण शर्माले स्वदेशी उत्पादनलाई प्राथामिकता दिनुपर्ने र बजारीकरणका साथै निर्यातमा ध्यान दिइनुपर्ने बताए। उद्यमी घरका सञ्चालक दीपक कार्कीले नेपाली लघु उद्यमको विकास र प्रवर्द्धनका लागि देशका ५० भन्दा बढी जिल्लामा गरिएको सीपमूलक कार्यक्रमबाट सीप हासिल गरेका उद्यमशील हातबाट उत्पादित सामग्रीको प्रवर्द्धनका लागि उद्यमी घर सञ्चालनमा ल्याइएको बताए। उनले उद्यमी घरमा गुणस्तरीय उत्पादन सर्वसुलभ रुपमा उपलब्ध हुने र यहाँबाट नेपाली उत्पादनलाई प्रवर्द्धन गरिने बताए ।

‘नेपाली मन, नेपालीपन, नेपालकै उत्पादन’ भन्ने नाराका साथ सञ्चालनमा आएको उद्यमी घरमा विभिन्न हस्तकलाका सामग्री, कृषि उत्पादन, सीपमूलक तालिम लिएका व्यक्तिले उत्पादन गरेका खेलौनाका परम्परागत सामाग्रीसमेत उपलब्ध छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ३ : ३२ बजे

रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन

काठमाडौं– रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका

पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध

सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण

कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ