किरात बस्तीमा उभौली साकेला सुरु « Khabarhub

किरात बस्तीमा उभौली साकेला सुरु


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ । साकेला थानमा विधिपूर्वक पूजा गरी औपचारिकरूपमा साकेला उभौली प्रारम्भ हुने किरात राई यायोक्खा जिल्ला कमिटी उदयपुरका अध्यक्ष गङ्गा राईले बताए ।

किरात राईहरूको बसोबास रहेको कोशी प्रदेशअन्तर्गतका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौँ आदि सहरमा रहेका राई समुदायले यो पर्व धुमधामका साथ मनाइरहेका छन् । उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति पैmलियोस्, दैवीप्रकोप तथा विपत्ति नआउन् भनेर मनाउन थालिएको बूढापाका बताउँछन् ।

त्यसैगरी पानी पर्न थालेपछि नदी, खोला, खहरेमा समेत पानी बढ्दै जाने समयमा प्रकृति पूजक किरात समुदायले माछा उकालो (उँभो) पानी आउने ठाउँतिर बसाइँ सरेको समयलाई समेत उभौलीको सङ्केतका रूपमा यो पर्व मनाइने गरेको पाइन्छ । त्यस्तै मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर सर्ने सङ्केत गर्न तथा अन्नबाली लगाएको खुसीयालीमा मनाइने किरात राई संस्कृतिका अध्येता शुभराज राई बताउँछन् ।

भाषा, संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएका किरात आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउने किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए । उभौलीका अवसरमा सामूहिकरूपमा दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा साकेला नाचिन्छ ।

पछिल्लो युवापुस्तामा समुदायको वेषभूषा लगाउने र साकेला नाच्ने आकर्षण नै बढ्दै गएको छ । हातमा सेउली, चमर लिएर, ढोल, झ्याम्टाका साथ किरात बस्तीमा युवा–युवती रमाउने गरेका छन् । चर्को गर्मी, वर्षा झरीको समेत वास्ता नगरी युवापुस्ता उभौली साकेलामा रमाउने गर्दछन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ८ : २५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना