सुडानमा जारी द्वन्द्वका कारण आठ लाख ६० हजार मानिस विस्थापित हुनसक्ने « Khabarhub

सुडानमा जारी द्वन्द्वका कारण आठ लाख ६० हजार मानिस विस्थापित हुनसक्ने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युद्धविरामको पछिल्लो प्रयासको वेवास्ता गर्दै सुडानको राजधानी खार्तूममा बिहीबार लगातार २० औं दिन पनि गोली हानाहान र विष्फोट भएको छ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्व लम्बिँदै जाँदा आठ लाख ६० हजार शरणार्थी पलायन हुने चेतावनी दिएको छ ।

पछिल्लो युद्धविरामको समयावधि बुधबार मध्यरातमा सकिएपछि सेनाले सात दिने नयाँ युद्धविरामको पालना गर्न तयार रहेको बताएको थियो । तर अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० बाट यस सम्बन्धमा कुनै प्रतिक्रिया आइसकेको छैन।

खार्तूममा प्रत्यक्षदर्शीहरूले ५० लाख जनसङ्ख्या भएको शहरमा बिहान सबेरै सडकमा ठूलो विस्फोट र गोली हानाहान भएको र दिनको समयमा झडप भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले आरएसएफले खार्तुमस्थित भारतीय दूतावासमा आक्रमण गरेको आरोप लगाएको छ, तर यसलाई कूटनीतिक नियोगले तत्काल पुष्टि गरेको छैन ।

गत अप्रिल १५ मा सुडानका नेता अब्देल फतह अल–बुरहान र आरएसएफका प्रमुख मोहम्मद हमदान डग्लोबीच भीषण शहरी युद्ध सुरु भएको थियो ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार यस लडाइँमा करिब ७०० जनाको मृत्यु भएको छ भने अधिकांश मृत्युका घटना खार्तुम र डार्फरमा भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले उत्तर अफ्रिकी मुलुकबाट आठ लाख ६० हजार मानिसलाई स्वदेश फर्काउने तयारी गरिरहेको र अक्टोबरसम्ममा उनीहरूलाई सहयोग गर्न ४४ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

यूएनएचसीआरका सहायक अपरेशन प्रमुख राउफ माजौले भन्नुभयो, “बढ्दो आवश्यकतालाई सम्बोधन गर्न हामीलाई तत्काल समयमै, नयाँ कोषको आवश्यकता छ । आवश्यकताहरू विशाल छन्, र चुनौतीहरू असङ्ख्य छन् । यदि यो सङ्कट जारी रह्यो भने यस क्षेत्रमा शान्ति र स्थिरता खतरामा पर्न सक्छ ।ू

सुडानमा युद्ध सुरु भएयता स्वदेशी तथा विदेशी गरी एक लाख १५ हजारभन्दा बढी मानिस सुडानबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १० : ४३ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ