यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ : मुख्यमन्त्री कार्की


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘सार्वजनिक यातायातको क्षेत्रमा डिजिटलाइजेशन’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेशमा राजस्वको धेरै ठूलो क्षेत्र बोकेको यातायातलाई व्यवस्थित गर्न डिजिटलाइजेशन हुनु आवश्यक रहेको बताए ।

उनले समयसापेक्ष यातायात क्षेत्रलाई सुधार गर्न नसके अपेक्षित लाभ लिन नसकिने भन्दै प्रदेशमा यातायातको रुट निर्धारण र नियमन पनि प्रदेश सरकारको जिम्मेवारीभित्र पर्ने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले प्रविधितर्फ नागरिक आकर्षित भइरहेको समयमा हरेक क्रियाकलाप प्रविधिमैत्री हुन आवश्यक छ भन्दै छलफलमा उठेका कुरालाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्ने स्पष्ट पारे ।

मन्त्रालयका सचिव उमेश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रदेशसभाका पूर्वसदस्य एवं यातायात व्यवसायी श्रीप्रसाद मैनालीलगायतले डिजिटलाइजेशनको पक्षमा बोलेका थिए ।

कार्यक्रममा सार्वजनिक यातायातको वर्तमान अवस्था र गर्नुपर्ने कार्य, आवश्यक नीति, नियम र कार्यविधि, चल्ने रुट तथा नम्बर, बस बिसौनी, कार्यान्वयन तथा निगरानी, यातायात व्यवसायीले गर्नुपर्ने कार्य, यातायात श्रमिकको क्षमता अभिवृद्धि, श्रमिकको पारिश्रमिक पद्धतिमा पुनरावलोकन, प्रविधि उपकरण तथा प्रणालीको व्यवस्था, जनशक्तिका लागि तालिमको व्यवस्था, सुरक्षित वित्तीय कारोबारको सुनिश्चितता, सहज तथा सरल सञ्चालनको व्यवस्थापनजस्ता विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १० : ५५ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को