जुलुस पछि नेमकिपाले संसद् भवन अगाडी धर्ना दिने « Khabarhub

जुलुस पछि नेमकिपाले संसद् भवन अगाडी धर्ना दिने


२१ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ।

बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए। धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्बोधन हुनेछ।

यसअघि वैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो। त्यस पछि निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ। यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौँमा जुलुस र धर्ना गर्न लागेको हो।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : १९ बजे

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो