ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै « Khabarhub

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै


२१ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । 

आज हिमालयन शेर्पा र एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ  मर्स्याङ्दी क्लब, नेपाल पुलिस र मछिन्द्र क्लब  तथा एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

हिमालयन शेर्पा र एनआरटीबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ । जारी लिगमा २३ खेलबाट ३० अंक जोडेको हिमालयन आठौँ स्थानमा छ भने २९ अंक रहेको एनआरटी दशौँ स्थानमा छ ।

यस्तै, सोही मैदानमा साँझ ६ बजे फ्रेन्ड्स र मनाङबीच प्रतिस्पर्धा हुनेछ । २५ अंक जोडेर १३औँ स्थानमा रहेको फ्रेन्ड्स क्लब सातौँ जित निकाल्ने योजनामा रहँदा ३१ अंक भएको मनाङ आठौँ जितको खोजीमा हुने छ । 

यसैगरी, पुलिस क्लब र मछिन्द्र क्लबले दिउँसो ३ बजे च्यासल मैदानमा खेल्ने छन् । ३४ खेल जितेको पुलिस चौथो स्थानमा छ भने ३९ अंक भएको मछिन्द्र दोस्रो स्थानमा छ ।

यस्तै, एफसी खुमलटार र संकटा क्लबबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ । २४ अंक भएको खुमलटार तालिकाको पुछारमा छ भने २७ अंक जोडेको संकटा १२ स्थानमा छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : २१ बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स