युक्रेन युद्ध : डिनिप्रोमा रुसी आक्रमणमा २० घाइते « Khabarhub

युक्रेन युद्ध : डिनिप्रोमा रुसी आक्रमणमा २० घाइते


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको मध्य शहर डिनिप्रोमा भएको रुसी हमलामा परेर २० जना घाइते भएका छन्।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साझा गरेको भिडियोमा उद्धारकर्ताहरूले दुई तले भवनको अवशेष खोजिरहेको देखाइएको छ। सो हमलामा अरु पनि फसेको आशंकामा भग्नावशेषमा खोजी जारी राखिएको छ।

एक युक्रेनी सुरक्षा अधिकारीका अनुसार राजधानी कीभमा सो आक्रामण पछि विस्फोटको आवाज सुनिएको छ र हवाई प्रतिरक्षा प्रणाली फेरि तैनाथ गरिएको छ। युक्रेनका सबैजसो भागमा हवाई आक्रमणको अलर्टमा राखिएको छ। रुसले पछिल्लो घटनाबारे भने कुनै प्रतिक्रिया दिएको छैन।

जेलेन्स्कीले डिनिप्रोमा भएको विस्फोटलाई जानाजानी रूसी आक्रमणको रूपमा वर्णन गरेका छन्। यद्यपि रूसले छिमेकी देशमा आक्रमण गर्दा नागरिकहरूलाई लक्षित गर्ने गरेको सुरु देखी नै अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ७ : ३० बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा