रुसको रोजाइमा हवाई आक्रमण | Khabarhub Khabarhub

रुसको रोजाइमा हवाई आक्रमण


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

युक्रेनको राजधानी किभमा पछिल्लो साता लगातार मिसाइल र ड्रोन आक्रमण भएका छन्। धेरै जसो आक्रमण रातको समयमा भएका छन्। मध्य किभकी नाटालीया लिस्चेन्को रातभर साइरनको आवाजले निदाउन सकेकी छैनन्। त्यसैबीच एकाएक विस्फोट भएको छ। ती विस्फोट कति पटक भए, त्यो पनि उनले गन्न नै भ्याइनन्। आकाशको अवस्था हेर्दा लाग्छ, त्यहाँ तारा उदाएका छन्। तर, ती ताराले बाहिर उज्यालो दिए, मनमा पीडा। अर्को शब्दमा भन्ने हो भने ‘वार स्टार’ ।

आक्रमण नियमित रूपमा भएको छ। यो आक्रमणको कारण के हो ? भन्ने प्रश्न धेरैको मनमा उब्जन थालेका छन्। आक्रमणको शैली हेर्दा सहजै अनुमान गर्न सकिन्छ कि रुसले आफ्नो आक्रमणको तरिकामा बदलाव ल्याएको छ। सेनासँगको युद्धमा एकपछि अर्को धक्का सहेको रुसले युक्रेनका नागरिकलाई आतङ्कित तुल्याएको छ। युद्ध अपराधका थप घटना घटाएर प्रभावित तुल्याउने नयाँ नीति हुन सक्नेमा धेरै जना सशङ्कित छन्।

अहिले यसको मात्रा एकदमै बढेको छ। तर, युक्रेनी अधिकारीले तयार पारेको डाटाका साथै पुरानो आँकडा हेर्ने हो भने वर्षको सुरुवात देखि नै युक्रेनमा रुसको हवाई आक्रमण बढ्दै लगिएको छ।

जनवरी महिनामा रुसले युक्रेनमा ३ पटक मात्र हवाई आक्रमण गरेको छ। यो क्रम बढ्दै गएर मे महिनामा मात्र २१ दिन आक्रमण भएको छ। जुन महिनाको पहिलो दुई दिन नै आक्रमण भएको छ। रुसले आफ्नो मुख्य निसाना नै परिवर्तन गरेको छ।

युद्ध विज्ञ तथा वरिष्ठ नीति अनुसन्धानकर्ता डारा मासियटका अनुसार अहिले रुसको नीति नै युक्रेनको हवाई शक्तिलाई तल पार्ने हो। ‘अहिले बाक्लो जनघनत्व भएका सहरमा हवाई आक्रमण भएको छ। यसको उद्देश्य युक्रेनलाई आफ्नो सहर जोगाउनका लागि जमिन मै ध्यान दिन जरुरी हुने छ।’ अहिले युक्रेनले पनि जमिनबाट ती ड्रोन खसाल्ने प्रयास गरेको छ। तर, सम्भव भएको छैन।

मासियटकै अनुसार यसरी नियमित हवाई आक्रमण गर्नुको कारण अर्को पनि हुनसक्छ। मस्कोमा लक्षित गरेर युक्रेनले गरेको हमलाको बदला मात्र पनि हुनसक्छ। मासियटले भनिन्, ‘दुवै कारण हुनसक्छ। पहिलो कारण भनेको युक्रेनको सेनालाई फेरि जमिनमा नै ल्याउने। दोस्रो कारण युक्रेनीलाई केही सेट ब्याक नगराएसम्म मस्कोमै उनीहरूले आक्रमण जारी राख्न सक्ने छन्।’

अहिले किभलाई नै निसाना बनाइएको छ। पछिल्लो महिना भएका २१ आक्रमणमध्ये १७ वटा त किभमा नै भएका छन्। अप्रिल महिनामा सात वटा यस्ता आक्रमण हुँदा दुई वटा मात्र किभमा भएको थियो। यसले राजधानी सहरका बासिन्दामा मनोवैज्ञानिक त्रास पनि उपलब्ध गराएको छ।

उदाहरण कोलीना कारबाचको। उनी किभ सहरको मध्य भाग भन्दा ५ या ६ किलोमिटर पर बस्छिन्। २८ अप्रिलको दिन ठुलो आवाज आएपछि बिहान ४ बजे त ब्युँझी सकेकी थिइन्। त्यसपछि उनले लगातार न्युज च्यानलमा आफूलाई केन्द्रित गरिन्। उनी सबै कुराको जानकारी पाउन चाहन्थिन्। उनले चाहे अनुसार जानकारी त पाइनन्। तथापि उनी मस्तले आफू आराम गर्न सकिनन्। मन कतै गहुँगाे भएको छ।

त्यो लगातारको आक्रमण पछि उनले युक्रेनको हवाई सेनालाई पनि सम्झेकी हुन्। कतै आकाशमा नै उनको देशका सेना नास त भएन। उनलाई यसको पनि चिन्ता नभएको होइन। पछि उनले थाहा पाइन् ‘युक्रेनी सेना पनि सक्रिय भए पछि युक्रेनी सेनाले नास गरे पछि यो क्रम रोकिएको थियो।’ अधिकारीले पुष्टि गरे की युक्रेनमा लक्षित गरिएका धेरै ड्रोन युक्रेनी सेनाले नै नास गरेका थिए।

युके एयर एन्ड स्पेस पावर एसोसिएसनका पूर्व आरएएफ कमान्डार ग्रेग वागवेलका अनुसार रुसी सेनाले धेरै आक्रमण गरेपछि युक्रेनीले पनि प्रतिरक्षाका लागि धेरै सावधानी अपनाएका छन्। यस सवालमा उनीहरूले सफलता पनि पाएका छन्। ‘किभ राजधानी हो। अहिले रुसले किभलाई आतङ्कित बनाए पछि मनोवैज्ञानिक रूपमा जितको आभास आफ्ना नागरिक र सेनालाई गराउन चाही रहेको छ’, वागवेलले भने।

रुसले चाहे जस्तो नै धेरै आतङ्कित हुने र जितको खुसीयाली मनाइ हाल्ने अवसर भने अझै पाएको छैन। आफ्नो सेनाले रुसको सामना  गरीरहेको आभास युक्रेनीले गरेका छन्। ‘४ मे को रात सुरुमा केही साइरन बजेको थियो। त्यसपछि दुईतर्फ लडाइँ भएको आवाज प्रस्ट थियो,’ नाटालीया लास्चेन्कोले भनिन्।

आफ्नो घरको नजिकै रहेको मेट्रो स्टेसनको नजिकै गएर एक सेल्टरमा उनले बास कटाएकी थिइन्। उनले यस युद्धका कारण आफूले धेरै कुरा गुमाएको बताएकी छिन्। घरमा बास छैन। जागिर गएको छ। जीवन यापनमा आर्थिक कारणले कठिनाइ उत्पन्न भएको छ। अन्य धेरै कुराले क्षति नै क्षति भएको छ।

उनलाई युक्रेनी सेनाले यो लडाइँ जित हात पार्ने कुरामा विश्वास छ, तर यो जितले सबै कुरा पर्याप्त हुँदैन। यसपछि फेरि रिकभरीका लागि युक्रेनलाई १५ या २० वर्ष लाग्नसक्छ। अझ भनौँ, त्यो भन्दा बढी समय पनि लाग्न सक्छ।

सन् २०२२ को फेब्रुअरीबाट सुरु भएको युद्ध अहिले डेढ वर्ष पार गर्न आँटेको छ । यस युद्ध सकिने त कुनै छाँटकाट नै छैन। सुरुवाती दिनमा रुसी सेना हाबी भएको युद्धमा पछिल्लो समय अवस्था फेरिएको छ। नाटो आबद्ध देशको सहयोगको कारण युक्रेनले हार मानेको छैन। यस बीचमा सहयोग स्वरूप पाएको ड्रोनका कारण युक्रेनले केही समय मस्को नै आक्रमण सुरु गरेको थियो। त्यसपछि रुसले पनि युद्धको नीति परिवर्तन गरेको हो। तर, रुसको यो नीति पनि प्रभावकारी भएको छैन।

यस युद्धले रुसले सहेको क्षति त अझै धेरै हुनसक्छ। त्यहाँका नागरिक सेनालाई घृणा गर्न थालिसकेका छन्। संसारका जुनसुकै स्थानमा गए पनि रुसी भएकै कारण घृणा सहनुको पीडा उनीहरूलाई छ। यसै कारण रुसी सेना नागरिक विद्रोह हुन सक्ने अवस्थाका कारण थप सावधानी अपनाउन चाहन्छ।

युद्धको सुरुवातदेखि नै मानवता विरोधी अपराधमा संलग्न रुसले आफूलाई परिवर्तन गरेको छैन। सुरुवाती दिनमा अस्पताल, ऊर्जा केन्द्र, वृद्धाश्रम र प्रसूति गृहमा आक्रमण गरेको रुस त्यत्तिमा सीमित थिएन। पछिल्लो समय विद्यालयबाट बच्चालाई उठाएर लगेर जर्बजस्ती रुसी सेनामा आबद्ध गराउने काममा समेत आफूलाई सक्रिय राखेको थियो। सायद यो युद्ध अझ लामो समयअघि बढ्ने छ। यो लामो समयको बीच दुवै पक्षले हार खाएका छैनन्।
स्रोत : बीबीसी, सीएनएन

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १० : ५७ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास