महानगरको शिक्षामा सीप कार्यक्रम उपयोगी छ « Khabarhub

महानगरको शिक्षामा सीप कार्यक्रम उपयोगी छ


२१ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

हामीले १२ कक्षासम्म पढ्ने विद्यार्थीको लागि थप के गर्न सकिन्छ वा उनीहरूले १२ सकेपछि के सीप सिक्ने भन्ने उद्देश्यले कक्षा ९ देखि नै ब्युटिसियन कोर्स सञ्चालन गरेका छौं। कुनै विद्यार्थीले साइन्स नपढी अरु नै केही गर्न सक्छन् भनेर यस्ता कार्यक्रम सञ्चालन गरेका हौं। २०७९ सालदेखि हामीले सञ्चालन गर्दा कक्षा ९ मा २४ र कक्षा ११ कक्षामा ४२ जना विद्यार्थीले ब्युटिसियन कोर्सहरू पढिरहेका छन्। हामी आफैले शिक्षक ‘हायर’ गरेर आफ्नै लगानीमा यो कामको सुरुवात गरेका थियौँ। अहिले ९ सकेर १० मा आइपुग्दा विद्यार्थीले सिकेको सीप देखेर हामी नै छक्क परेका छौँ। उनीहरूले थ्रेडिङ, हेयर कटिङलगायत काम गर्न सक्छन्।

ब्युटी भनेको इनर ब्युटी र आउटर ब्युटी हुन्छ। इनर ब्युटी गर्न हामीले के कस्ता स्वस्थ खाना खानुपर्छ, कस्तो वातावरण बनाउनुपर्छ र अरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने हो। आउटर ब्युटीमा कसरी सुन्दर बन्ने सबै कुरा सिक्नुपर्ने हुन्छ। यो सीप सिक्न विद्यार्थी एकदम उत्साहका साथ लागेका छन्। त्यसमा हामी धेरै खुशी छौँ। हामीले ल्याब बनाउन खोजिरहेको छौँ। तर वास्तवमा हामी सरकारी विद्यालयले सबैसँग माग्दै हिँड्नु पर्ने भएकोले समस्या छ।
हामीले विद्यार्थीसँग एक पैसा पनि लिएका छैनौँ। त्यसकारण ल्याब बनाउन अहिले पनि हामी लागि रहेका छौँ। यो ल्याब बनेपछि ९ देखि १२ सम्म ब्युटिसियन कोर्स भइहाल्यो र सरकारले ल्याएको शिक्षामा सीप कार्यक्रममा ल्याएको फेसियल डिजाइन र इस्केचिङ एण्ड स्कर्पचर परेको छ।

त्यसमा अहिले विद्यार्थीहरुले फेसन डिजाइनमा कटिङको काम सिकिरहेका छन्। अन्य सीपमा विद्यार्थीले माटोको राम्रो राम्रो घर बनाएर राखेका छन्। जम्मा दुई हप्ताको क्लास गर्दा माटोको सीप उनीहरूमा आइसकेको छ।

विद्यार्थीमा ९० घण्टाको कार्यक्रम पाठ्यक्रम उच्च रहेछ। त्यसमा शुक्रबारमात्र गरेर नसकिने भएकोले शनिबार पनि गर्नुपर्ने हुँदा विद्यार्थीमा समस्या आएको छ। यसलाई मिलाउनुपर्ने बाध्यता छ।

शनिबार विद्यार्थी कम उपस्थित भएको पाइएको छ। यो हाम्रो लागि चुनौतीको विषय हो। पुस्तकबिहीन शुक्रबार एकदमै प्रभावकारी भएको छ। हामी पहिला पुस्तकमा मात्र सीमित थियौं। अहिले शिक्षकहरू भोलि के गराउने भनेर प्रयोगात्मक अभ्यास तिर लाग्नु भएको छ। यसले विद्यार्थीहरुमा विद्यालयप्रतिको सोचाइसमेत फेरिएको छ।

यो महानगरले ल्याएको शिक्षामा सीप कार्यक्रम एकदमै राम्रो छ। केही कमी कमजोरी छन्। कमजोरी विस्तारै सुधार गर्दै लानुपर्छ। उहाँहरूले दुई लाख ३५ हजारमा ९० घण्टामा के के गर्ने ? एउटा सुविधाको काम भयो। तर वास्तवमा जुनजुन सामग्री आवश्यक छन् ती सामानको मूल्य कम हुने रहेछ। यही कार्यक्रम विद्यालयले गर्न सक्दा प्रभावकारी हुने देखिन्छ।

हामीले पाठ्यक्रमहरू बनाउन समस्या आउला तर यसमा हामीले सोच्नु पर्ने हुन्छ। त्यसैले यसलाई हामीले कसरी अगाडि लाने र त्यो सामान हामीले पाउने हो कि होइन भन्ने कुरा जानकारीमा राख्नुपर्छ। जुन कोटेसनको लागि सामग्री उहाँहरूले दिनुभएको छ। एकसाथ कोटेसन गर्दा पैसा कम लाग्न सक्नेतर्फसमेत ध्यान दिनुपर्ने देखिन्छ। (दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब र रेडियो क्यान्डिडले आयोजना गरेको ‘शिक्षामा सीप कार्यक्रमको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा पद्मकन्या माविकी प्रधानाध्यापक रिता तिवारीले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : २५ बजे

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती