‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक वल | Khabarhub Khabarhub

‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक वल


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ। क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन्। अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्‍याएका छन्।

यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’। यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ। आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ। उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिए।

काठमाडौँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, “चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन। कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो। यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ।”

समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मदत पुगेको निर्देशक वलले बताए। दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउदै गरेका उनले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताए।

“समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ। सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु”, निर्देशक वलले भने, “नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुन् सक्छ। यसमा हाम्रो कथा र व्यथा छ।”

चलचित्रका अभिनेता दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताए। उनले भने, “यो जरुरी पनि थियो। किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन्। नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन्।”

उनले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताए। ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उनको भनाइ छ।

हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङगको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिए। “हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो। त्यहीँ क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्यौं”, निर्देशक वलले भने।

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने चलचित्र ‘नीरफूल’ बनेको बताए। उनले भने, “यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ। यसमा हामीले भोगेको समयको कथा भेटिनेछ।”

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ।

चलचित्रमा पटकथा लेखन निर्देशक वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छ्‍न्।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ९ : ४० बजे

शिक्षकहरुसंग भएको सहमतिअनुसार कानून निर्माण गर्न सहयोग गर्छौ : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले जनसवालका विषयदेखि शान्ति सुरक्षासम्मका बिषयमा सरकारको

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी,

धवलागिरिमा आउन थाले आरोही

म्याग्दी – म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

धनगढी – धनगढीमा भोलिबाट विद्युत अवरुद्ध हुनेभएको छ। भोलि बिहान

साफ यू–१९ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौँ – साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्नुपर्ने