भारतीय मूलकी निलमसँगको डेटमा टाइटनिक हिरो « Khabarhub

भारतीय मूलकी निलमसँगको डेटमा टाइटनिक हिरो


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स – ‘टाइटानिक’ फेम्ड हलिउड अभिनेता लियोनार्दो डिकेप्रियो हालका दिनमा आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्।

भारतीय मूलकी मोडल निलम गिलसँग लण्डनको एक रेष्टुरेन्टमा उनी भेटिएपछि उनी र निलमबीचको अफेयरले चर्चा  सुरू भएकाे छ। डिकेप्रियो उमेरले ४८ वर्ष र निलम २८ वर्षकी छन्। दुवै परिवारका केही सदस्यबीचको त्यो भेटघाटलाई धेरै डिनर डेटको संज्ञा दिएका छन्।

निलको जन्म सन् १९९५, अप्रिल २७ मा इंग्ल्याण्डको कोवेन्ट्रीमा भएको थियो। उनको हजुरबुवा हजुरआमा भारतमा जन्मिएका थिए। उनी पन्जाबको सिख परिवारकी हुन्। आफूलाई ब्रिटिस–पन्जाबी मोडल बताउने उनले १४ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी हुन्। उनले आफ्नो युट्युब च्यानल पनि छ। जहाँ बुलिङ, डिप्रेसन र बडी कन्फिडेन्स सम्बन्धी विषयमा कुराकानी राख्छिन्।

निलम पछिल्लो महिना फ्रान्सको कान्स फिल्म फेस्टिभलमा देखिएकी थिइन्। यो फेस्टिभलमा अभिनेता डिकाप्रियो आफ्नो फिल्म ‘किलर्स अफ द फ्लवार मून’को स्क्रिनिङमा पुगेका थिए। निलम अघि लियोनार्दोको नाम कैयौ अभिनेत्रीसँग जोडिएको छ। उनले केमिला मोरोनसँग डेट गरिसकेका छन्। दुवैले ४ वर्षसम्म डेट गरेपछि गत वर्ष ब्रेकअप गरेका थिए। यसपछि उनको नाम सुपरमोडल गिगी हदीदसँग पनि जोडिएको थियो।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १२ : १६ बजे

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक